site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कर्णालीमा मत सच्याएकी सांसद ओलीको स्पष्टीकरण– झुक्किएर विश्वासको पक्षको लाइनमा उभिन पुगेछु
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)ले कर्णाली प्रदेशकी सांसद देवी ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्ष र विपक्षमा भएको मतदानमा झुक्किएको स्पष्टीकरण दिएकी छन् ।

गएको शुक्रबार भएको मतदानमा मत सच्याएकी ओलीले आफूले थाहा पाउनेबित्तिकै मत सच्याएको बताएकी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“मतदानका लागि लाइनमा उभिने कममा म झुक्किएर विश्वासको मतको पक्षको लाइनमा उभिन पुगेछु । थाहा पाउनेबित्तिकै फर्किएर मुख्यमन्त्री मा. महेन्द्रबहादुर शाहीको प्रस्तावका विपक्षमा हाम्रो पार्टी नेकपा (एमाले)को प्रदेश संसदीय दलको बैठकको निर्णय र ह्वीप (निर्देशनानुसार नै मतदान गरेको स्पष्ट गर्दछु । यसको प्रमाण रेकर्ड संसद् सचिवालयमा रहेको कुरा समेत स्पष्ट गर्दछु । यसमा कोही पनि भ्रम नपर्न समेत अनुरोध गर्दछु,” उनले दिएको स्पष्टीकरणपत्रमा भनिएको छ ।

उनले आफू संसदीय दलको ह्वीपको पक्षमा नै रहेको स्पष्ट पनि पारेकी छन् । मत सच्याएपछि एमालेले उनलाई स्पष्टीकरण सोधेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement