बाह्रखरी
भर्खरै
sticky  ncell
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
‘एमक्यू’मा ४२ युवा कलाकारका कला प्रदर्शनीमा 
वर्षा महर्जन
बाह्रखरी - वर्षा महर्जन बिहीबार, वैशाख २, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । एक महिलाको मलिन अनुहार, त्यसको वरिपरि उसैलाई घुरेर हेरिरहेका अरु मानिसका आँखासहितको पोट्रेट ललितकलामा स्नातक तेस्रो वर्षमा अध्ययनरत् कोपिला राईले कोरेकी हुन् ।

“मैले क्यानभासमा मलाई नै उतारेको छु । अनि, यी आँखाहरु भने समाजका आँखाहरु हुन् । जसले हरेक समय मलाई नै घुरेर हेरिरहेको अनुभव हुन्छ,” उनी भन्छिन्, “यी पुरुष–महिला सबैका आँखाहरु हुन् । यी प्रत्येक जोडी आँखाको हेर्ने दृष्टिकोण अनि सोचाइ एकार्कासँग फरक छ । उनीहरुले मलाई म जस्तो छु, त्यसरी नभई आ–आफ्नो नजरले हेरिरहेका छन् ।”

कोपिलासँगै स्नातक पढिरहेका विशाल मानन्धरले पनि आफैँलाई सेल्फ पोट्रेटमा उभ्याएका छन् । “मैले मेरो दुःखलाई यस सेल्फ पोट्रेटमा उतार्न खोजेको छु । लकडाउनले निम्त्याएको अत्यासपूर्ण दिनहरुमा विगतका दुःखहरु रिकल भएपछि मैले त्यसैलाई पोट्रटमा उभ्याएको छु ,” उनले भने ।

Rohto Landing

Agani Group

उनले आफ्नै हातले आफ्नो शरीरबाट छिनेको टाउकोलाई उठाएको देखाएका छन् । यसबाट उनले ड्रिपेसनमा जाँदा धेरै मान्छेले आत्महत्याको बाटो रोज्छन् भन्ने देखाउन खोजेका छन् ।

ललितपुरको चाकुपाटस्थित एमक्यूब ग्यालरीको भुुइँ तलामा जारी ‘योङ आर्टिस्ट शो २०२१’ कला प्रदर्शनीमा कलाकार मञ्जरी दत्तले इन्स्टलेसन आर्ट गरेकी छन् । उनले आफैँले कोरेको चार लाइन कवितालाई भिजुअल रुपमा देखाउन खोजेकी छन् । फाइबर अप्टिकल लाइटको माध्यमबाट उनले पग्लिँदै गरेको चन्द्रमा देखाएकी छन् ।

sarbottam cement

उनले भनिन् “यो मेरो एक्सपेरिमेन्ट हो । यो सबै म आफैँले तयार पारेको हुँ । कलेजमा यो सिकाउँदैन ।”

उनीसँगै सिर्जना कलेज अफ फाइन आर्ट्सबाट हालै स्नातक सकाएका सुमन राईले आफ्नो कलामार्फत नेपालीहरुले आफ्नै पहिचान र चिनारीलाई बेवास्ता गरेको सन्देश दिन खोजेका छन् ।

“मैले मेरो काममार्फत धमिलो नजरलाई चित्रण गर्न खोजेको छु । आँखीझ्याललाई विम्बको रुपमा प्रयोग गरेको छु,” उनले भने, “आँखीझ्यालबाट कहिले पनि त्यसभित्रको सबै कुरा राम्रोसँग देखिँदैन । त्यसको लागि त हामी इन्टेन्सनली त्यहीँ गएर नजिकबाट हेर्नुप¥यो । हामीले हेर्ने इच्छा र चाहना नदेखाएका कारण हाम्रो दृष्टि धमिलो भएको हो ।”

एमक्यूब ग्यालरीमा सिर्जना कलेज अफ फाइन आटर््स र ललितकला क्याम्पसमा स्नातक गरिरहेका र हालै स्नातक उत्तीर्ण भएका ४२ विद्यार्थीहरुको कला प्रदर्शनीमा राखिएका हुन् । यहाँ ब्रोन्जको मूर्तिकला, इन्स्टलेसन आर्ट, मिक्स मिडियालगायत माध्यममा तयारी पारिएका कला अवलोकन गर्न सकिन्छ ।

यही अप्रिल ४ देखि सुरु भएको कला प्रदर्शनी अप्रिल २० तारिखसम्म चल्नेछ । कलाकार सौरगंगा दर्शनधारीलेको समन्वयमा प्रदर्शनी भएको हो ।

ग्यालरी सञ्चालक मनीषलाल श्रेष्ठ स्नातक पढिरहेका र भर्खरै सकाएका विद्यार्थीलाई प्रोत्साहन दिने उद्देश्यका साथ प्रत्येक वर्ष उनीहरुको कला प्रदर्शनीमा राखिँदै आएको बताउँछन् ।

“कलेजबाट निस्किनेबितिकै कता जाने, के गर्ने भन्ने अन्योलता नहोस् भनेर उनीहरुलाई प्लेटफर्म दिएको हो । ता कि उनीहरुको काम बजारमा देखियोस् र यसमा अघि बढ्न मद्दत मिलोस् भनेर हो,” उनले भने ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, वैशाख २, २०७८ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्