site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न सकिने सेवामा विस्तार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अनलाइनमार्फत भुक्तानी गर्ने प्रणालीको व्यवस्था गरेको छ । आफूले दिने सेवालाई अझ प्रभावकारी र सहज तरिकाले उपलब्ध गराउने उद्देश्यले ट्राफिक प्रहरीले अनलाइनमार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको हो । 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले यसअघि नै सुरु भइसकेको अनलाइन भुक्तानी सेवालाई थप प्रभावकारी बनाइएको बताए । उनकाअनुसार अनलाइन सेवालाई थप सहज, सरल र सुबिधायुक्त बनाउन आजदेखि आफ्नै बैंक खाताबाट सिधै जरिवाना तिर्न सकिने व्यवस्था मिलाइएको छ । यसले जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने विश्वास गरिएको छ ।

आजदेखि थप ४५ वटा बैंक तथा वित्तीय संस्था र ७ वटा अनलाइन भुक्तानी सेवा प्रदायक संस्थाहरूबाट सिधै जरिवाना भुक्तानी गर्न सकिने ट्राफिक प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC