site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तीनदिन वायु प्रदूषण घट्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानको भिजिविलिटी ४५ सय मिटर रहेको छ । बिहीबार यही समय काठमाडौंको भिजिविलिटी दुई हजार मिटर थियो । बिहीबारको तुलनामा आज वायु प्रदूषण कम छ । 

“बिहीबारको तुलनामा आज वायु प्रदूषण केही कम छ । तर, यसको अर्थ अब वायु प्रदूषण हटेर गयो भन्ने होइन । कम्तीमा तीन दिन वायु प्रदूषण केही कम हुने छ,” मौसमविद् राजु प्रधानाङ् भन्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

तीनदिनसम्म पनि ठूलो पानी परेन र ठूलो हावाहुरी चलेन भने पुनः वायु प्रदूषण बढ्ने छ । लगातार डडेलो लाग्ने तर पानी नपरेका कारण केही समय यता काठमाडौंलगायत ठूला सहर तथा डडेलो लागेका स्थान तथा त्यसको वरपरका ठाउँमा वायु प्रदूषण उच्च हुँदै आएको छ । 

उच्च वायु प्रदूषणकै कारण अघिल्लो हप्ता सरकारले चार दिन देशभरका विद्यालय बन्द गरेको थियो । स्वास्थ्य मन्त्रालयले आँखा र नाक पोल्ने जस्ता समस्या देखिनेभन्दै सचेत रहन आग्रह गरेको थियो । अत्यावश्यक काम परेमात्रै घरबाहिर निस्किन मन्त्रालयले अनुरोध गरेको थियो । 

Global Ime bank

देशका विभिन्न ठाउँमा एअर क्वालिटी इन्डेक्स (एक्यूआई) तीन सयभन्दा माथि पुगेपछि मन्त्रालयले नागरिकलाई यसबाट बच्न सचेत गराएको थियो । एक्यूआई तीन सयमाथि पुग्नु भनेको स्वास्थ्यका लागि खराब अवस्था रहेको वातावरण विभागले बताउँदै आएको छ । 

फाइल तस्बिर
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  ०७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement