site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भन्सार एजेन्टको तयारीमा हुनुहुन्छ ? यी विषयमा ध्यान दिनैपर्छ... 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले ६ सय ६० जना नयाँ भन्सार एजेन्ट नियुक्त गर्दैछ । त्यसका लागि करिब २० वर्षपछि एजेन्टको लाइसेन्सका लागि विज्ञापन खुलाएको छ । भन्सार एजेन्टको इजाजत लिन इच्छुक व्यक्तिले अनलाइनबाट दरखास्त दिइरहेका छन् । 

बीए पास हुनुहुन्छ ? खुल्यो भन्सार एजेन्टको लाइसेन्स, ६६० जना माग 

भन्सार एजेन्टले सामान निकासी तथा पैठारीमा व्यापारी र भन्सार कर्मचारीबीच पुलको रुपमा काम गर्छन् । मालसामान आयात प्रक्रियामा व्यवसायीले एजेन्टलाई आफ्नो प्रतिनिधि नियुक्त गरेको हुन्छ । ‘मेरो मालसामान पास गर्ने यो व्यक्ति हो’ भनेको घोषणाअनुसार एजेन्टले भन्सार जाँचपास गर्न पाउँछ ।

Prabhu Bank
Agni Group
NIC Asia

भन्सार ऐन, २०६४ अनुसार कुनै निकासीकर्ता वा पैठारीकर्ताले निकासी वा पैठारी गर्ने मालवस्तु आफैले नछुटाई भन्सार एजेन्टमार्फत छुटाउन चाहेमा वा भन्सार कार्यालयसँग सम्बन्धित कुनै कार्य आफैँले नगरी भन्सार एजेन्टमार्फत गराउन चाहेमा निजले तोकिए बमोजिम भन्सार एजेन्ट नियुक्त गर्न सक्नेछ ।

यसरी कुनै निकासीकर्ता वा पैठारीकर्ताले एजेन्ट नियुक्त गरी सोहीमार्फत मालवस्तु छुटाउन लगाएमा त्यस्तो भन्सार एजेन्ट सो प्रयोजनको लागि सो मालवस्तुको धनीसरह मानिने व्यवस्था कानुनमा छ । 

Global Ime bank

ऐनको दफा ५२ बमोजिम नियुक्त भएको भन्सार एजेन्टले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गरी मालवस्तुको धनीलाई हानि नोक्सानी पुर्‍याएमा निजले सो नोक्सानी बराबरको रकम त्यस्तो मालवस्तुको धनीलाई तोकिएबमोजिम तिर्नु पर्नेछ । 

एजेन्टलाई यस्तो हुन सक्छ कारबाही ?

ऐन विपरीत भन्सार एजेन्टले काम गरेमा इजाजतपत्र निलम्बन र रद्ध गर्न सकिने व्यवस्था गरिएको छ । ऐनको दफा ५९ बमोजिम जरिबाना भएको वा यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीतको कुनै काम गर्ने वा आफ्नो कर्तव्य पूरा नगर्ने भन्सार एजेन्टलाई भन्सार अधिकृतले एक महिनादेखि ६ महिनासम्म निलम्बन गर्न सक्नेछ । 

यस्तै यस ऐन अन्तर्गत बनेको नियम विपरीत तेस्रोपटक पनि काम गरेमा वा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य झुट्टा कागजात वा विवरण पेस गरे इजाजपत्र प्राप्त गरेको देखिएमा भन्सार अधिकृतले निजको इजाजतपत्र रद्द गर्नेछ । इजाजतपत्र रद्ध गरिएको भन्सार एजेन्टले पुनः भन्सार एजेन्टको इजाजतपत्र प्राप्त गर्न सक्ने छैन ।

लिखित परीक्षा तथा अन्तर्वार्ता छनोट भएका व्यक्तिले नतिजा प्रकाशन भएको मितिले ९० दिनभित्र भन्सार नियमावली अनुसार इजाजतपत्र दस्तुर बापत ७ हजार र धरौटी बापत ७ लाख नगद वा बैंक जमानत बुझाउनुपर्ने छ । 

लिखित परीक्षाको प्रश्न ‘मल्टिपल च्वाइस’

परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुनेछ । विभागले लिखित परिक्षाको पाठ्यक्रम पनि सार्वजनिक गरिसकेको छ । विभागका अनुसार एक घण्टा हुने लिखित परिक्षामा ५० वटा प्रश्न हुनेछन् भने लिखित परिक्षामा पास हुन ४० अंक ल्याउनुपर्नेछ ।

प्रश्नपत्र बस्तुगत बहुउत्तर (मल्टिपल च्वाइस) ढाँचामा हुनेछ । मल्टिपल च्वाइस भएकाले एउटा प्रश्नको उत्तर गलत भएमा २० प्रतिशत अंक काटिने विभागले जनाएको छ । 

भन्सार एजेन्ट लाइसेन्स परीक्षा २०५६ सालदेखि रोकिएको थियो । २० वर्षअघि चार सय भन्सार एजेन्टलाई लाइसेन्स दिइएको थियो । त्यो संख्या अहिले घटेर १७० जनामा सीमित छ । सरकारले व्यापारमा सहजीकरण गर्न थप भन्सार एजेन्टको आवश्यकता महसुस गरेर थप एजेन्टलाई लाइसेन्स दिन लागेको हो । 

२०५६ सालमा भने परीक्षाबिनै एजेन्ट लाइसेन्स दिइएको थियो । अहिले भने विभागले लोकसेवा आयोगमार्फत लिखित र मौखिक परीक्षा लिएर एजेन्ट लाइसेन्स दिने तयारी गरेको हो । दरखास्त वैशाख ५ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर वैशाख १२ गतेसम्म पनि दरखास्त दिन सकिनेछ । 

दरखास्त दस्तुर तीन हजार रुपैयाँ तोकिएको छ भने परीक्षा केन्द्र काठमाडौं उपत्यकाभित्रमात्रै हुने विभागले जनाएको छ ।

दरखास्त दस्तुर राष्ट्रिय वाणिज्य बैंकको जुनसुकै शाखाबाट बुझाउन सकिनेछ ।

एजेन्ट लाइसेन्सका लागि आवश्यक न्युनतम योग्यतामा २१ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ भने मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी कम्तिमा तीन महिनाको आधारभूत तालिम लिएको हुनुपर्ने छ ।

यस्तै नेपाल सरकारलाई तिर्न बुझाउन पर्ने रकम बाँकी नभएको हुनुपर्ने छ भने कुनै फौजदारी अभियोगमा अदालतबाट कसूरदार प्रमाणित नभएको पनि हुनुपर्ने छ ।

२०६५ वैशाख १४ गतेसम्म कुनै भन्सार एजेन्टको प्रतिनिधि नियुक्त भई दुई वर्षदेखि भन्सार एजेन्टको प्रतिनिधिको रूपमा काम गरेको व्यक्तिलाई सम्बन्धित भन्सार कार्यालय प्रमुखले कार्यालयको अभिलेखको आधारमा सो बेहोरा प्रमाणित गरेमा त्यस्तो व्यक्तिलाई भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त दिन उपनियम उल्लेखित शैक्षिक योग्यता आवश्यक पर्दैन । 

उसले प्रतिनिधिका रुपमा दुईवर्ष काम गरेको भए, आइए वा सोसरहको शैक्षिक योग्यता भए पुग्छ । तर, परीक्षामा सबै समान रुपमा सहभागी भने हुनुपर्छ ।

यस्तो छ पाठ्यक्रम 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  ०८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC