अर्थ व्यवसाय
काठमाडौं । होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरुमा सामाजिक तथा भैतिक दूरी कायम गर्दै वयेटरबिना आफूलाई चाहेको मेन्यु अर्डर गर्न सकिने ई–मेन्यु ‘सजिलो दिने’ले क्यूआर स्क्यानर मेन्यु उपलब्ध गराएको छ ।
क्यूआर कोडलाई मोबाइलमा रहेको जुनसुकै क्यूआर स्क्यानरले स्यान गरी होटेल तथा रेस्टुरेन्टमा उपलब्ध मेन्यु देख्न र चाहेको परिकार अर्डर गर्न सक्ने जनाइएको छ । अर्डर मेन्युको मूल्यसमेत थाहा पाउन सकिनेछ ।
नेपालका बैंकिङ, शिक्षा, बिमा, सपिङ सेन्टर आदिमा रकम भुक्तानीको लागि प्रयोगमा आएको क्यूआर स्क्यानर होटेल तथा रेस्टुरेन्टको मेन्यु स्क्यानका लागि प्रयोगमा ल्याएको नेपालमै पहिलोपटक रहेको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७ १७:२१
प्रतिक्रिया दिनुहोस्