site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘सीमानाका बन्द र लकडाउन अहिलेका लागि अनुपयुक्त’
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन् । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक–सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भन्दै उनले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताए । उनले भने, “हामी आशंकाबाट होइन, यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको र त्यसबाट जोगिनुपर्ने सरकारको सोच रहेको उनले बताए । “अर्कोतर्फ, आर्थिक–सामाजिक क्रियाकलापलाई नियमित पनि गर्नुपर्ने आवश्यकता छ,” उनले भने ,“त्यसकारण आर्थिक,–सामाजिक क्रियाकलापलाई यथावत् राख्छौँ, नियमित गर्छौँ र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौँ ।” सीमानाका बन्द गर्ने, लकडाउन गर्ने काम अहिले उपयुक्त नभएको दाबी उनले गरे ।

अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताए । सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि सुरु भइसकेको उनले उल्लेख गरे । कोभिडपछिको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जनालगायतका विषयमा केन्द्रित भएर बजेट निर्माण गरिने अर्थमन्त्री पौडेलले बताए । “कोभिडपछिको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जनाजस्ता विषयहरुमा बढी केन्द्रित हुन्छौँ,” उनले भने, “नेपाली अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन र गतिशील बनाउनका लागि गर्नुपर्ने निर्णहरु लिने गरी बजेट लिएर आउँछौँ ।”

Global Ime bank

राष्ट्रिय प्राथमिकताका विषयहरुलाई निश्चित गर्ने र बजेट कार्यान्वयनलाई सुनिश्चितता गर्ने कुरालाई ध्यान दिएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे । उनले भने, “बजेट सार्वजनिक गरेर मात्रै हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन धेरै महत्वपूर्ण विषय हो । त्यसकारणले कार्यान्वयनको सुनिश्चितता कसरी हुन्छ ? त्यता केन्द्रित हुन्छौँ ।” कोरोना खोप खरिदका लागि बजेटको अभाव हुन नदिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC