बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
विशेष प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
छोइला के हो ? कसरी बनाउने (भिडियोसहित)
Godraj friday
Godraj friday
वर्षा महर्जन
बाह्रखरी - वर्षा महर्जन सोमबार, फागुन १७, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । ‘छोइला’ शब्द सुन्दा मुख नरसाउने सायदै कसैको होला । नेवारी ‘मेनु’मा ‘छोइला’ नभई नहुने तर लेखिरहन पनि नपर्ने परिकार हो । नेवारी समयबजी छोइलाबिना अपूरो हुन्छ भन्दा फरक नपार्ला ।

यसको क्रेज यति धेरै बढिसकेको छ कि पछिल्लो समय, नेवारभन्दा पनि अन्य समुदायका व्यक्तिहरुको मुखबाट यो परिकारको गुनगान धेरै सुन्न पाइन्छ । उनीहरुले नेवारी मेनुमा खोज्ने सबैभन्दा पहिलो परिकार भनेकै छोइला हो ।

यो विशेषगरी बजी अर्थात् चिउराको भरपर्दो साथी हो । अलिअलि पिरो, अलिअलि मसालेदार यो परिकारको स्वाद एकपटक जिब्रोले लिइसकेपछि पटक–पटक लिन पल्किन्छ ।

Rohto Landing

Agani Group

नेवारी बोलीचालीको ‘छ्वेला’ शब्द समयक्रममा लेखन र बोलाइमा ‘छोइला’ बन्न गएको हो । छोइलाको टिपिकल अर्थ भनेको ‘छुयुः ला’ अर्थात् पोलेको मासु भन्ने हुन्छ । काँचो मासुलाई पोलेर मात्रै तयार गरिने भएकाले यसलाई छोइला भनिएको हो ।

विशेषगरी राँगाको फलमासुलाई लामो–लामो गरी काटेर ‘धुसु’ (फलामको त्रिशूलजस्तो वस्तु, जुन यसैका लागि बनाइएको हुन्छ)मा राखेर पराल बाली १० देखि १५ मिनेटसम्म पोलिन्छ । मासु बाहिर कालो र भित्र अलिअलि रातो हुने गरी पाकेपछि त्यसलाई आगोबाट निकालेर सानो–सानो टुक्रा पारेर काटिन्छ । छोइला काटिरहँदा यो निकै ‘जुसी’ हुन्छ । काटेको छोइलामा रातो खुर्सानी, अदुवा–लसुनको पेस्ट, नुन, थोरै अजिना मोटो, हरियो लसुन, उसिनेको गोलभेडा तथा तोरीको तेलमा मेथी र बेसार फुराएर यी सबै मसला हालेको छोइला मोलिन्छ । पानी नहाली तोरीको तेल मासुमा मज्जाले छिर्ने गरी छोइला मोलिन्छ । अन्तिममा सजावट र स्वादको लागि धनियाँ काटेर माथि राखिन्छ । तयारी छोइलाको मिठो बास्नाले नेवारी खाजाघरमा छोइला अर्डरमा अग्रस्थानमा आउँछ ।

sarbottam cement

मासु नखानेका लागि छोइलाजस्तै स्वाद

विशेषगरी नेवारी समुदायले राँगाको मासुबाट छोइला परिकारको विकास गरेको हो । तर, यसको स्वाद र लोकप्रियता बढेसँगै मासु खाने तर राँगाको मासु नखानेहरुका लागि पनि भनेर खसी, कुखुरा र हाँसको छोइला पनि बन्न र बनाउन थालिएको छ । हिजोआज नेवारी खाजाघरमा यी थरीथरीको मासुको स्वादमा छोइला सजिलै चाख्न सकिन्छ ।

यसको लोकप्रियता अब यति धेरै बढ्यो कि पछिल्लो समय मासु नखाने व्यक्तिहरुले पनि छोइलाको स्वाद चाख्न थालेका छन् । तर, उनीहरुले खाने छोइला मासुको नभई च्याउ, मस्यौरा आदिको हो ।

हिजोआज सुकेको प्याज, अदुवा, लसुन, खुर्सानीको पेस्ट, नुन र तेल हालेर मोलेपछि त्यसलाई छोइलाको नाम दिइन्छ । तर, के यसलाई छोइला भन्न मिल्छ त ? किनभने, अघि भनिएजस्तै छोइला भनेको पोलेको मासु हो ।

संस्कृतिविद् सुर्बन शाक्य यसलाई पनि छोइला नाम दिन सकिने बताउँछन् । “किन नहुनु ! च्याउको छोइला, मस्यौराको छोइला भन्दा केही फरक पर्दैन । छोइलाजस्तै गरी बनाइने र त्यस्तै स्वाद ल्याउन खोज्ने भएर यसलाई मस्यौराको छोइला भनिएको हो ।”

यसले छोइलाको महत्व अझै बढाएको उनको भनाइ छ । उनी यो शब्द झन् प्रतीकको रूपमा विकास भएको बताउछन् । “चिनी नखानेहरुका लागि सुगर फ्रि सुगर पाइन्छ । चुरोट छुटाउन चुरोटजस्तै स्वाद भएको औषधिहरु दिइन्छ । चिनी होइन । तर, त्यो चिनीजस्तै गुलियो हुन्छ । त्यही काम गर्छ । त्यसैले त त्यसलाई सुगर फ्रि सुगर भनियो,” उनी अझै प्रस्ट्याउँछन्, “चिनीको स्वाद मन पराउने तर चिनी खान नहुनेहरुका लागि पनि त्यो उपलब्ध भयो । त्यस्तै, छोइलाको स्वाद चाख्न चाहने तर मासु नखानेले त्यही मरमसला हालेर त्यही तरिकाले पकाएर त्यसकै स्वादमा चाख्न खोजेको हो । तर, त्यसको सट्टामा मात्रै च्याउ वा मस्यौरा हाल्यो ।” यसरी शब्द सापटी लिँदैमा छोइलाको महत्व नघट्ने अझै यसको लोकप्रियता बढेको उनको विश्वास छ ।

छोइला र समयबजीको कथा

नेवारी समुदायमा ‘समयबजी’ लोकप्रिय परिकार हो । नेवारी सुमदायका पूजा, जात्राहरु हुँदा ‘जा : चिपअ’ अर्थात् भात खान नहुने हुन्छ । शुद्ध भएर खाना नखाई बस्नुपर्ने हुन्छ । त्यसरी बस्दा पूजा सकिनेबित्तिकै समयबजी खाने चलन छ । समयबजीको शाब्दिक अर्थ समयमा नै खाने परिकार भन्ने बुझिन्छ । समयमा नै खाइने भएकाले यसलाई समयबजी भनिएको शाक्यले जानकारी दिए ।

चिकित्सकीय हिसाबले हेर्ने हो भने खाली पेटमा अरु खानेकुरा खाँदा असर गर्न सक्ने भएकाले समयबजी शरीरलाई नोक्सान नहुने परिकारहरु समेटेर तयार पारिएको हुन्छ । शाक्यका अनुसार समयबजीमा छोइला, बोडी, चिउरा, भटमास, लसुन, अदुवा र साँग गरी पाँच परिकार मात्रै हुन्छ ।

बोडी, भटमास, मासुले शरीरमा प्रोटिन प्रदान गर्छ । सागले शरीरमा भिटामिन प्रदान गर्छ । साथै, आगोमा पोलेको तातो छोइलालाई चिसो सागले सन्तुलन गर्ने शाक्यले बताए । यस्तै, लसुन र अदुवालाई खाएको खानेकुरा सन्तुलन गर्ने परिकारको रूपमा लिइने उनले बताए ।

समयबजीमा पकाएको मासु नराखी छोइला र यी अन्य परिकारहरु राख्नुको अर्को कारण समयको बचत पनि भएको शाक्य बताउँछन् । अन्य परिकार तयार पार्न समय लाग्ने भएकाले पनि धेरैबेरसम्म भोको बस्न नपरोस् भनेर यी परिकार राखिएको उनको भनाइ छ ।

तर, पछिल्लो समय समयबजीको नाममा विभिन्न थरी समेटेर मान्छेले आफ्नो स्वादअनुसार यसलाई परिष्कृत गर्दै ल्याएको देख्न सकिन्छ । भोजमा धेरै परिकार समेटिन्छ । यो चलनले संस्कृतिलाई फैलाउँदै लग्नुभन्दा विकृतितर्फ मोडेको उनी गुनासो गर्छन् ।

“संस्कृतिले धनी–गरिब भनेर छुट्ट्याउँदैन । तर, समयसँगै मानिसले चलनचल्तीमा आएकोभन्दा धेरै परिकार थपेर जसरी समयबजीलगायत अन्य नेवारी परिकारलाई परिष्कृत गर्दै लगेको छ, त्यसले गर्दा आर्थिक पाटो कमजोर हुनेहरुका लागि सम्भव हुँदैन,” उनी भन्छन्, “जसले गर्दा पैसा र समयको खर्च हुन थालेको छ । संस्कृति भनेको सबैलाई एउटै हुनुपर्छ, चाहे पहिरनमा होस् वा परिकारमा । तर, अहिले संस्कृति धनी र गरिबका लागि फरक–फरक हुन थालेको छ, जुन राम्रो होइन ।”


 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्