site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इटहरीमा धुलोको सास्ती ! (७ तस्बिर) 
Sarbottam CementSarbottam Cement

इटहरी । सुनसरीको इटहरी चौरस्ताको सहर हो । कोसी पहाडी क्षेत्र उक्लिन होस् अथवा विराटनगर हुँदै भारत छिर्न इटहरी पुग्नै पर्छ । काठमाडौं र पश्चिम नेपाल अनि झापातर्फ लाग्न पनि यो सहर भएर जानुपर्छ । 

यतिले मात्र नभएर इटहरी सबैतिरका मानिसहरू बसाईं सरि आएको सहरको रुपमा पनि परिचित छ । एक समय यहाँका फराकिला र चिल्ला सडकको खुबै चर्चा हुन्थ्यो । समुदायको समेत लगानीमा निर्माण गरिएका भरपर्दा र टिकाउ सडकले राष्ट्रिय रुपमै चर्चा कमाएको थियो । सडकको रेखदेख गर्न हेरालु खटिन्थे । दायाँबायाँ लगाइएको आशोकका बिरुवा र रंगीबिरंगी फूलले सहरको सौन्दर्य खुलेको देखिन्थ्यो ।

तर, हिजोआज इटहरीको परिवेश बदलिएको छ । यात्रु इटहरी भएर यात्रा गर्न नपरे हुन्थ्यो भन्ने कामना गर्न थालेका छन् । कारण तिनै हिजो चर्चा कमाएका सडक नै बनेका छन । प्रवेश गर्ने मूल (निर्माणाधीन ६ लेन) सडककै कारण मानिसहरू इटहरीतर्फ यात्रा गर्न झिँझो मान्न थालेका छन् । निर्माणको ढिलासुस्ती र सडकमा उड्ने धुलोले इटहरीका बासिन्दालाई त सास्ती छँदै छ बाहिरबाट यही गन्तव्य भएर अन्यत्र जानेलाई पनि त्यहाँ पुग्न नपरे हुन्थ्योजस्तै भएको छ । निर्माण कम्पनीले सडकमा पानी नहाल्ने र धुलोले बजारलाई पुर्ने क्रमले यात्रुलाई पर्नसम्म पर्का परेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

इटहरी चोकमा भेटिएका झापा दमकका विष्णु पौडेलले भने, “खनार जान मोटरसाइकलमा हिँडेका थियौं साह्रै धुलो खान पर्‍यो । इटहरी चोकको त हविगत पो देखियो ।” निर्माणाधीन ६ लेन सडक खण्डको टेलिकम कार्यालयदेखि नेपाली सेनाको पृतनासम्मको क्षेत्रमा उड्ने धुलोले इटहरी पुरिने गरेको छ । 
हेरौं थप तस्बिर :

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ०६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC