site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सातै प्रदेशमा कोल्डचेन बनाउँदै सरकार, कोभ्याक्सको खोप मार्च दोस्रो साताभित्र ल्याइने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप भण्डारणका लागि सातै प्रदेशमा कोल्डचेन बनाउन ठेक्का प्रक्रिया अगाडि बढाइएको छ । शहरी विकास मन्त्रालयले केन्द्रीय खोप भण्डारण केन्द्र टेकुसहित सातवटै पद्रेशमा कोल्डचेन बनाउने तयारी थालेको हो । 
दुई महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी ९ करोड लगानीमा कोल्डचेन निर्माण गर्न लागिएको हो । हाल स्वास्थ्य सेवा विभाग परिषर टेकुसहित ५ वटा प्रदेशमा कोल्डचेन सुचारु अवस्थामा छन् । अहिले नियमित रुपमा दिइरहेको १२ वटा खोप अभियानका लागि केन्द्र र प्रदेशका गरी ९ वटा मोबाइल भ्यानहरु प्रयोग गरिँदै आएको छ । कर्णाली प्रदेशमा भने नेपालगञ्जबाट खोप पठाउने गरिएको छ । 

कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप सुर्खेतबाट प्लेनमार्फत् ढुवानी गरिएको थियो ।  त्यस्तै प्रदेश २ का ८ जिल्लामा हालसम्म हेटौंडाबाट र बाँकी जिल्लामा प्रदेश १ को राजधानी बिराटनगरबाट वितरण गर्दै आइएको छ । बाराको पथलैयामा नवनिर्मित कोल्डचेन पनि खोप भण्डारणका लागि तयार भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कहाँ–कहाँ बन्दैछन् नयाँ कोल्डचेन ? 
सबै प्रदेशमा सकेसम्म अस्पतालहरुलाई पायक पर्ने स्थानमा कोल्डचेन निर्माण गर्न लागिएको शहरी विकास मन्त्रालयले जनाएको छ । त्यसका लागि बोलपत्र स्वीकृत भइ विज्ञापन आह्वान गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै  प्रदेश २ को जनकपुरको वाग्मतीको हेटौंडा र काठमाडौंको टेकुमा नयाँ कोल्डचेन निर्माण हुनेछन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने ठेक्का सम्झौता भइसकेको मन्त्रालयले जनाएको छ । बाँकी प्रदेशहरुमा पनि छिट्टै ठेक्का सम्झौता गरिने मन्त्रायले जनाएको छ । 

कोभ्याक्सको खोप मार्चको दोस्रो साता ल्याइँदै
विश्व स्वास्थ्य संगठनमार्फत् विश्वब्यापी खोप अभियान गाभी कार्यक्रमअन्तरगत उपलब्ध गराइने कोभ्याक्सको खोप नेपालमा मार्च दोस्रो साता ल्याउने तयारी भएको छ । खोप विभाग प्रमुख डा. झलक शर्माका अनुसार संगठनले नेपालमा मार्चभित्र उपलब्ध गराउने निश्चित भइसकेको छ । संगठनले पहिलो पटक हिजो (बुधबार) घानामा कोभ्याक्सको खोप पठाएको थियो ।

Global Ime bank

नेपाल सरकारकोतर्फबाट भने मार्च दोस्रो साता खोप ल्याउने तयारी गरिएको डा. गौतमले बताए । कोभ्याक्सअन्तरगत नेपालले निःशुल्क रुपमा आउने २२ लाख डोज खोप पाउने निश्चित भइसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement