site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

गण्डकी । ‘युरोरडिस फोटो अवार्ड २०२१’ मा नेपालले दोस्रो स्थान प्राप्त गरेको छ । दुर्लभ रोग लागेर जीवन बिताउनबाध्य व्यक्तिको जीवन शैलीलाई उजागार गर्ने लक्ष्यका साथ आयोजित अन्तरराष्ट्रिय फोटो प्रतियोगितामा पोखराका खिमकाजी लामिछाने दोस्रो भएका हुन् । गएराति बेल्जियमको ब्रसेल्समा भएको अन्तिम प्रतियोगितामा उनले दोस्रो स्थान हासिल गरेका हुन् । 

विभिन्न ३० मुलुकका चार सयभन्दा बढी फोटोपत्रकारले खिचेका दुई हजार ७३  फोटो प्रतियोगितामा समावेश भएको जनाइएको छ ।  प्रतियोगितामा स्लोभाकिया प्रथम र आइसल्याण्ड तृतीय भएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सजिलै हाड भाँचिने रोग (ओस्टियो नेनेसिस इम्पेर्फेक्टा—ओआई) बाट पीडित आफ्नै छोरा अनिमेसलाई  दुर्गा केसी ह्विलचियरका सहायताले विद्यालय पुर्याउँदै गरेको फोटो छामिछानेले प्रतियोगिताका लागि पठाएका थिए ।  

एघार वर्षीय छोरा अनिमेसको अहिलेसम्म ४० पटक हाड भाँच्चिसकेको बताइएको छ । ओआईबाट ग्रसित भई हिँड्डुल गर्न नसके पनि पढ्ने इच्छालाई रोक्न नसक्ने सन्देश लामिछानेले कैद गरेको फोटोले दिएको थियो ।  

Global Ime bank

फोटोमाध्यमबाट नेपाललाई विश्वसामु परिचित गराउन सफल भएकोमा लामिछानेले खुशी व्यक्त गर्दै  भने, “सफलताका लागि सहयोग गर्ने  सम्पूर्णलाई आभाव व्यक्त गर्दछु ।” फोटोका माध्यमबाट ओआई रोगको बारेमा स्वदेश र विदेशमा जनचेतना अभिवृद्धि गर्न आm्नो लागि महत्वपूर्ण उपलब्धि भएको उनले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC