site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा आज दिउँसो पानी पर्ने सम्भावना
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंमा आज दिउँसो पानी पर्ने सम्भावना रहेको छ । अपरान्ह्पछि बादल लाग्ने र पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । 

“अपरान्ह्पछि काठमाडौंमा मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको छ । तर, काठमाडौंका सबै ठाउँमा भने वर्षा हुँदैन । केही ठाउँमा हल्का वर्षा हुने मात्रै हो,” उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

मौसमविद् प्रधानाङ्गका अनुसार आज विहान काठमाडौंको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस रहेको छ । दिउँसो काठमाडौंको तापक्रम बढेर २२–२४ डिग्री सेल्सियससम्म पुग्ने छ । 

आज विहान प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको र अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

Global Ime bank

आज दिउँसो प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ ।

यस्तै आज राति प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  ०६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC