site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अधिनायकवादीको लामो भाषण

काठमाडौं । अहिले देशमा सर्वत्र आन्दोलन छ । नेताहरू एक से एक भाषण गर्दैछन् । तर, नेपाली नेताहरू किन लामो र कर्कश भाषण गर्छन् ? किन उनीहरूले जनतालाई दिन चाहेको सन्देश छोटो समयमा दिन सक्दैनन् ? किन स्रोताको समयको बरबादी र धैर्यको परीक्षा लिन्छन् नेताहरू ? आउनुस, आजको प्रतिवाद कार्यक्रममा यिनै लामा र छोटा भाषणहरूमा केन्द्रित गरौँ । 

कुनै व्यक्तिलाई समूहमा सम्बोधन गर्नुपर्‍यो भने असहज महसुस हुन्छ र सकभर आफ्नो वक्तव्य छोटै समयमा टुंग्याउँछन् । कसैलाई भने जति ठूलो जनसमूदाय देख्यो त्यति लामो भाषण गर्ने जाँगर आउँछ । 

कसैलाई आफूले जति धेरै बोल्यो स्रोता त्यतिनै खुसी हुन्छन् भन्ने लाग्छ । हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सकभर लामो बोल्न पाउँदा ठूलो उपलब्धि गरेको जस्तो लाग्छ भनेर सहजै अनुमान लगाउन सकिन्छ । 

प्रतिष्ठित पत्रिका फरेन पोलिसी डट कममा सन् २०१३ मा प्रकाशित एक लेखका अनुसार कम्युनिस्ट र सर्वसत्तावादी नेताहरूमा धेरै लामो भाषण गर्ने र तिनमा टेलिभिजनमा देखिने मोह अलि बढी नै हुन्छ । आफूलाई रुची भएको विषयमा अरुको समय खेर जान्छ वा जाँदैन भन्नेमा अधिनायकवादी सोचका नेतालाई मतलब नभएर पनि यस्तो गरेको हुन सक्छ । 

सन् २०१३ अप्रिलमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले एक टेलिभिजन कार्यक्रममा पुरै पाँच घण्टा जनताका प्रश्न र जिज्ञासाको जवाफ दिएर बिताए । तर देशको प्रमुख टेलिभिजन च्यानलमा यति लामो समय खर्च गरेर त्यसलाई पनि एक रेकर्ड भएको बताएर उनका समर्थकले आनन्द लिए । 

हेरौँ– यिनै विषयमा केन्द्रित रहेर तयार पारिएको कार्यक्रम प्रतिवाद

 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro