site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दुई करोड हिनामिनाको आरोपमा प्राविधिक सहायक ९० दिन निलम्बनमा
Sarbottam CementSarbottam Cement

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् ।

वि.सं. २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा दुई करोड रुपैयाँ बराबरको रकम अनियमितता गरेको भन्दै निलम्बन गरिएको छ । निलम्बन नगरेको खण्डमा सरकारी हानि–नोक्सानी हुने र आफूविरुद्धको प्रमाण नष्ट गर्ने भन्दै प्रशासकीय अधिकृत आचार्यले २०७७ माघ २९ गते बिहीबारदेखि निलम्बन गरेका हुन् । आचार्यले कुनै कारबाही गर्न नपर्ने कुनै कारण भए सात दिनभित्र आफूसमक्ष प्रमाण पेस गर्न र निलम्बन भएको मितिदेखि कार्यालयमा उपस्थित भई कुनै कार्य नगर्नसमेत चेतावनी दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, सर्केगाड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीले भने आफूले सो कार्य नगरेको बताए । यो सबै प्रक्रिया हालका अधिकृत आचार्यले मदिरा सेवन गरेर गाउँपालिकाको लेटरप्याडको दुरुपयोग गरेर आफ्नो मानहानि गरेको निमित्त अधिकृत शाहीले बताए । उनले भने, ‘‘अहिले पनि प्रमुख प्रशासकीय अधिकृत आचार्यले दिएको नियुक्तिका अधारमा गाउँपालिकाका सम्पूर्ण काम गरिरहेको छु ।’’ रासस

फाइल तस्बिरः फेसबुकबाट ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !