खेल
काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा जित निकालेको छ । बिहीबार भएको खेलमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७-१ गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङलाई जित दिलाउन क्यामरुनी खेलाडी मेथो रुथले ह्याट्रिकसहित ५ गोल गरिन् । यस्तै क्यामरुनकै टौटा ओरनेला नोईलीले दुई गोल गरिन् ।
चौदण्डीकी अन्जना थुलुङले एक गोल फर्काइन् । पहिलो हाफमा तीन गोल गरेको वालिङले दोस्रो हाफमा थप चार गोल गर्यो । लिगमा यो वालिङको चौथो जित हो । जितसँगै वालिङले ९ खेलमा १८ अंक जोडेको छ ।
वालिङ लिगको तेस्रो स्थानमा छ । अंकविहीन चौदण्डीगढी पुछारमा छ ।
प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७ १७:२७
प्रतिक्रिया दिनुहोस्