site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको तापक्रम ६.५ डिग्री सेल्सियस, बादल लागे पनि पानी नपर्ने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौंमा आजको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजे काठमाडौंको तापक्रम ६.५ डिग्री सेल्यिस मापन गरिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । 

काठमाडौंको दिउँसोको तापक्रम २०–२२ डिग्री सेल्सियस पुग्ने छ । दिउँसो मौसम सफा रहे पनि अपराह्न्न पछि बादल लाग्ने छ । करिब तीनदिनसम्म मौसममा बदली रहे पनि कमजोर मौसमी प्रणालीका कारण पानी भने नपर्ने मौसमविद् मानन्धर बताउँछिन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागे पनि अधिकांश क्षेत्रमा अपराह्न्नपछि हटेर जाने उनको भनाइ छ । 

अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ भने तराई तथा पहाडका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

Royal Enfield Island Ad

दिउँसो वाग्मती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश १ मा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम सफा रहनेछ ।

आजराति वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश १ मा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले उच्च पहाडी तथा हिमाली भ–(भागमा हल्का हिमपातको सम्भावना र तराईका केही भू–भागमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  ०७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro