site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुमन शर्मा बने सनराइज बैंकको सीईओ
SkywellSkywell

काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । आज बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ नियुक्त गरेको एक सञ्चालककले जानकारी दिए ।

सञ्चालक समितिको विवादमा आफू पनि विवादित भएपछि जनक शर्मा पौडेलले माघ २७ गते (मंगलबार) मात्रै बैंकको सीईओबाट राजीनामा दिएका थिए । मंगलबारै सञ्चालक समितिको बैठक बसेर शर्माको राजीनामा स्वीकृत भएको थियो । 

Dabur Nepal
NIC Asia

बैंकको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शर्मा यसअघि माछापुच्छ्रे बैंकको नेतृत्व गरिसकेको छन् । माछापुच्छ्रे बैंकबाट बाहिरिएको करिब एक वर्षपछि शर्मा सनराइज बैंकको सीईओ नियुक्त भएका छन् ।

२०७६ फागुन २८ गते शर्मा माछापुच्छ्रे बैंकबाट बाहिरिएका थिए । शर्मासँग विभिन्न बैंकमा रहेर करिब २२ वर्ष काम गरेको अनुभव छ । माछापुच्छ्रे बैंकको सीईओ हुनुअघि शर्मा ग्लोबल आईएमई बैंकमा थिए । त्यसघि उनी माछापुच्छ्रे बैंककै नायब प्रमुख कार्यकारी अधिकृत थिए ।

बैंकले यसै साता आरती राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu