काठमाडौं । ग्लोबल आईएमई बैंकले धनुषाको ढल्केबरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको उक्त शाखाको उद्घाटन धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा गरे ।
उक्त शाखा सञ्चालनमा आएसँगै कुल शाखा कार्यालयहरुको संख्या २६८ पुगेको बैंकले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका बैंकका अध्यक्ष ढकालले शाखा उद्घाटन गर्दै बैंकले नेपाल सरकार तथा नियामक निकायको नीति तथा कार्यक्रमहरुलाई पालन गर्दै आफ्नो सेवालाई विस्तार गरेको बताए । ‘सबैका लागि बैंक’ भन्ने मूल नारालाई चरितार्थ गर्दै बैंकले मुलुकका ७४ वटा जिल्लाबाट सेवा प्रदान गर्दै आएको पनि उनले बताए ।
प्रमुख जिल्ला अधिकारी बास्तोलाले ग्लोबल आईएमई बैंक मुलुककै एक उत्कृष्ट बैंकको रुपमा स्थापित हुनेगरी काम गर्न सुझाए ।