site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बर्डफ्लुबारे डा. पुन भन्छन्– मासु र अन्डा मापदण्ड पुर्‍याएर खाए केही हुँदैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा बर्डफ्लुको नयाँ प्रजाति एच फाइभ एन एट भेटिएको पुष्टि भइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौंको तारकेश्वर नगरपालिकाको सांग्लेखोला, फुटुङ क्षेत्रमा पालिएका हाँस र टर्कीमा यो भाइरस देखिएको जनाएको छ । महाशाखाले त्यस क्षेत्रका किसानलाई समेत सतर्क हुन सुझाएको छ ।

नेपालमा अहिले देखिएको बर्डफ्लुको असरबारे हामीले वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग कुराकानी गरेका छौँ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा अहिले देखिएको बर्डफ्लुको भाइरस कस्तो प्रकारको हो ? 
बर्डफ्लुका धेरै प्रजातिमध्ये अहिले नेपालमा देखिएको एच फाइभ एन एट प्रजाति हो । यसले घरपालुवा र खुला आकाशमा रहने दुवै प्रकारका पक्षीलाई असर गर्छ । विशेषगरी समूहमा पालिएका पक्षीहरुमा यो संक्रमण फैलिने सम्भावना धेरै हुन्छ ।

मानिसमा एच फाइभ एन एट सर्छ कि सर्दैन ? 
एच फाइभ एन एट आफैँमा मानिसका लागि घातक भाइरस होइन । तर, जुनसुकै भाइरसको म्युटेसन हुने प्रकृतिको हुन्छ । भाइरसले जुनसुकै बेला म्युटेसन भएर आफ्नो रूप परिवर्तन गर्नसक्छ । यदि, अहिले नेपालमा देखिएको भाइरस म्युटेसन भएर एच फाइभ एन वानको रूपमा परिणत भयो भने त्यो मानिसका लागि खतरनाक हुनसक्छ । एच फाइभ एन वान बर्डफ्लुको सबैभन्दा घातक प्रजाति हो । यो पक्षीबाट मानिसमा पनि सर्छ । सर्छ मात्रै होइन, यसले प्रतिदशजनामध्ये ६ जनाको ज्यान लिनसक्छ । नेपालमा अहिले सतर्कता अपनाउनुपर्ने पाटो पनि यही हो । यदि, यो भाइरसले आफ्नो रुप परिवर्तन गरेर मानिसमा सरेको खण्डमा अहिले भइरहेको कोरोना संक्रमणभन्दा धेरै गुणा मानवीय क्षति हुनसक्छ । नेपालमा यसअघि सन् २०१९ मा एच फाइभ एन वानकै कारण एकजनाको मृत्यु भएको रेकर्ड छ ।

Global Ime bank

मानिसमा कसरी सर्छ एच फाइभ एन वान ?
यदि, मानिसको संसर्गमा आएको पक्षी एच फाइभ एन वान संक्रमित रहेछ भने मानिसमा सार्ने सम्भावना धेरै हुन्छ । पालेका पक्षीलाई हेरचाह गर्ने क्रममा उनीहरुको मुखबाट निस्कने छिटा, मलमूत्र, उनीहरुबाट उडेका प्वाँखको माध्यमबाट मानिसमा सर्दछ ।

अहिलेको अवस्थामा कुखुरा, हाँस, टर्कीको मासु र अन्डा खानु हुन्छ कि हुँदैन ? 
संक्रमित पक्षीलाई नष्ट गर्ने त सरकारको अभियान नै छ । यसबाहेक बर्डफ्लु भित्रियो भन्नेबित्तिकै पक्षीको मासु र अन्डा खानु हुँदैन भन्नु गलत हो । अहिलेको अवस्थामा असंक्रमित कुखुरा, हाँस, टर्की आदिको मासु ७० डिग्रीभन्दा माथिको तापक्रममा पकाएर खानुपर्छ  । त्यस्तै, अन्डा पनि राम्रोसँग पकाएर खाँदा कुनै असर गर्दैन । तर, हाफ बोइल भने खानु हुँदैन । यसो भएमा यदि एच फाइभ एन वान संक्रमित नै पक्षीको मासु भएमा पनि मानिसमा सर्ने सम्भावना हुँदैन ।

पक्षीपालक व्यावसायीहरुले के के कुरामा ध्यान दिनु जरुरी छ ? 
व्यावसायिक रूपमा पक्षीपालन गर्ने किसानहरुमा एच फाइभ एन वान सर्ने सम्भावना धेरै हुन्छ । तसर्थ, यस्ता व्यवसायीले पशु सेवा विभागले दिएको निर्देशनानुसार जैविक सुरक्षा विधिहरु अपनाउनु, सरसफाइमा ध्यान दिनु  जरुरी हुन्छ । त्यस्तै, आफूले पालेको पक्षी अस्वाभाविक रूपमा बिरामी परेमा सम्बन्धित निकायमा तुरुन्तै जानकारी गराइहाल्नु पर्दछ ।

आम नागरिकमा एच फाइभ एन वान नफैलियोस् भन्न के गर्ने ? 
समुदायमा एच फाइभ एन वान नफैलियोस् भन्न पक्षी फार्मदेखि मानिसको भान्सासम्म सबैले सतर्क हुनु आवश्यक छ । पक्षीपालक मात्र नभइ यसको ओसारपसार, बिक्री–वितरणमा खटिने सबैले सुरक्षा कवच अपनाउनुपर्छ । त्यसैगरी, हाम्रो भान्सामा आइपुगेपछि पनि पकाउने क्रममा संवेदनशील हुनु जरुरी छ । त्यसैले यसको नियन्त्रणमा हामी आम नागरिकको पनि महत्वपूर्ण हात हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC