site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
महसुल उठाउन ध्यानाकर्षण
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील विभिन्न तीन कर्मचारी संगठनले डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई आइतबार एक ध्यानाकर्षणपत्र बुझाउँदै उनीहरुले विद्युत्भार कटौतीको समयमा डेडिकेटेड र ट्रंक लाइनमार्फत जोडिएका विद्युत् लाइनको महसुल हालसम्म पनि नउठेकामा ध्यानाकर्षण गराएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्राधिकरण सञ्चालक समितिको २०७५ वैशाख ३१ गतेको बैठकले सञ्चाालक समिति सदस्य भक्तबहादुर पुनको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले २०७६ असोज १६ गते प्रतिवेदन बुझाएको थियो । यस्तै, प्राधिकरण सञ्चालक समितिको २०७६ कात्तिक १६ गते बसेको बैठकले डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउने निर्णय गरेको थियो ।

निर्णय भएको लामो समय भइसक्दा महसुल उठ्न नसकेको भन्दै प्राधिकरणमा क्रियाशील आधिकारिक ट्रेड युनियन, नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन, कर्मचारी संघ र कर्मचारी कल्याण परिषद्ले आज ध्यानाकर्षण गराएको हो ।

Global Ime bank

विद्युत्भार कटौतीको समयमा औद्योगिक, व्यापारिक तथा गैरव्यापारिक वर्गका उद्योग, प्रतिष्ठानले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली लिएका थिए । त्यसरी लिएको बिजुलीको महसुल मात्रै झन्डै ११ अर्ब रुपैयाँ बराबर रहेको छ । रासस
फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  २३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement