site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
संसदीय समितिको नीतिगत निर्देशन नमान्ने मन्त्री हटाउनुपर्छ 
Sarbottam CementSarbottam Cement

संसदमा खरो बोल्ने र नागरिक चासो आकर्षित गर्ने पात्र हुन्– राष्ट्रियसभा सदस्य रामनारायण बिडारी । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिसमेत रहेका बिडारी संसदीय समितिले निर्देशन सबै पालना गर्ने सरकारको हैसियत नै नभएको बताउँछन् ।  सरकारका लागि संसदीय समितिका निर्देशन अकाट्य हुने भन्दै त्यस्तो निर्देशनको अवज्ञा गर्ने मन्त्रीलाई पदमा बस्ने नैतिकता नहुने र हटाउनुपर्ने धारणा राख्नछन् । 
तर, संसदीय समितिका निर्देशन पनि वैधानिकताको जगमा परीक्षणका लागि लायक हुनुपर्ने उनको स्पष्ट धारणा छ । प्रस्तुत छ बिडारीसँग बाह्रखरीका लागि जगन्नाथ दुलालले गरेको संक्षिप्त कुराकानी :

संसदीय समितिले दिने निर्देशनको पालनामा सरकार कत्तिको इमान्दार देखिन्छ ? 

निर्देशन कार्यान्वयन गर्नुपर्ने संवैधानिक, कानूनी, राजनीतिक र संसदीय प्रणालीको बाध्यात्मक व्यवस्था हो । समितिले दिएका नीतिगत निर्देशन सरकारले अक्षरसः पालना गर्नुपर्छ । तर, केही समितिले दिने निर्देशनको हैसियतमै पनि प्रश्न उठ्ने गरेको छ । समितिले दिने निर्देशन कानून बमोजिम नभएमा कार्यान्वयन नहुँन पनि सक्छन् । तर, समितिले दिएको सबै निर्देशन पालना गर्ने हैसियतमा सरकार छैन । सामान्य भन्दा सामान्य निर्देशन भने पालना भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

संसदीय समितिले कानून विपरीतको निर्देशन दिन मिल्छ ? अनि, समितिले दिएको निर्देशन पालना नगर्ने छुट सरकारलाई हुन्छ ? 

कतिपय समितिको निर्देशन कानून विपरीतको हुन्छन् । जस्तो, कुनै ठाउँमा भ्रष्टाचार भएको छ, समितिलाई कसैले भन्यो । त्यसपछि समितिको बैठक बस्यो र बैठकले भ्रष्टाचार भएको जस्तो देख्यो । यि यि व्यक्तिले भ्रष्टाचार गरिएको देखियो कारवाही गर, यिनीहरुले भ्रष्टाचार गरेको छैन मुद्दा नचलाउनू भनेर निर्देशन दियो भने त्यो गलत निर्देशन हुन्छ । 

Global Ime bank

किनभने भ्रष्टाचार गर्‍यो, गरेन भनेर बुझ्ने, अनुसन्धान गर्ने अधिकार सीआईबी, प्रहरी, राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छ । संसदले बनाएको कानूनबाट नै ती निकायले त्यस्तो अधिकार पाएका हुन् । आफैले कानून बनाएर अन्य निकायलाई अधिकार दिएको विषयमा संसदीय समितिले दिने निर्देशन कार्यान्वयन हुँदैन । 

कस्ता निर्देशनचाहिँ सरकारले मान्नैपर्छ त ? 

अदालतले अन्तरिम आदेश दिएझैँ, फैसला गरेजसरी प्रत्येक कुरामा यसो गर्नू, नगर्नू भनेर गरेको निर्देशन कार्यान्वयन नहुन सक्छ । समितिले आफ्नो क्षेत्राधिकारमा रहेर निर्देशन दिनुपर्छ । 

मैले हाम्रो समितिबाट प्रत्यायोजित विधायनहरू बनाउँदा राज्यकोषबाट खर्च हुनेगरि नबनाउनु, जनतालाई कारबाही हुनेगरि नबनाउनु भनेर दिएको निर्देशन नीतिगत हो । नीतिगत कुरामा दिएका निर्देशन सरकारले अक्षरसः कार्यान्वयन गर्नुपर्छ । गरेन भने त्यस्तो मन्त्री हटाइनुपर्छ । त्यस्तो मन्त्री हटेन भने हटाउनुपर्छ भनेर समितिले पारित गरिदिनसक्छ । त्यति गर्दा पनि हटेन पनि प्रधानमन्त्री जिम्मेवार हुन्छ । 

तपाईंको समितिले दिएको निर्देशन कत्तिको कार्यान्वयन भएको छ ? 

हाम्रो समितिले बोलाएको बेलामा आएका छन् । विधेयकमा यो कुरा नलेख भन्दा मानेका छन् । प्रत्यायोजित विधायनसम्बन्धि कुराहरु घटाउनुपर्‍यो । कानून बनाउने काम संसदको हो । संसदले बनाउने ऐनमा सरकारलाई बढी अधिकार दिनु भएन भनेर प्रत्यायोजित विधायन समितिले भन्दै आएको छ । हाम्रो समितिको केही केही निर्देशन पालना गरेका छन् । केही केही पालना गर्छु भनेर प्रतिवद्धता जनाएका छन् । 

तपाईँको समितिले कोभिड–१९ सँग सम्बन्धित रहेर स्वास्थ्य मन्त्रीलाई दिएको निर्देशनको पालना भएन नि !

स्वास्थ्यमन्त्रीलाई हामीले चिठी पठायौं  १५ दिनको म्याद दिएर । डेढ दुई महिना भयो उहाँले जवाफ दिनुभएन ।  चिठी पठाएर जवाफ मागेका थियौं । कोभिड १९ का विषयमा पटक–पटक फरक–फरक निर्णय गरेकोबारे कुन कानूनका आधारमा गरेको हो भन्नुपर्‍यो भनेर भनेका छौं । 

कहिले शुल्क लाग्छ, कहिले लाग्दैन भन्ने ? कहिले निजीलाई पनि दिने भन्ने कहिले होइन भन्ने ? यसरी जानुभएन भनेर कोभिडका विषयमा स्वास्थ्य मन्त्रीलाई भनेका छौँ । त्यस्तै, कोभिडका बारेमा छिटै ऐन बनाउनु भनेका थियौं । अमेरिकाले छुट्टै ऐन बनायो । बेलायत, जापान, फिलिपिन्सले कोभिड १९ सँग सम्बन्धी कानून बनायो । तपाईं पनि बनाउनुस् भनेर भनेका छौं । २०२० सालमा तत्कालीन राजा महेन्द्र शाहले हतार हतार बनाएको कानूनलाई आधार बनाएर आदेश नगर्नुस् भनेर समितिले निर्देशन नै दिएको छ । तर, कार्यान्वयन भएको छैन । 

राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक पद थप गर्ने गरि भएको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । त्यसबारे तपाईंको धारणा के छ ? 

मैले समितिले दिएको निर्देशनको भाषा हेरेको छैन । अध्यादेश कुन बेला जारी गर्ने ? अध्यादेश किन जारी गर्नुपर्‍यो ? एकजना व्यक्तिलाई बढुवा गर्नका लागि अध्यादेश किन ल्याएको ? संसद १५ दिनभित्र बस्दैछ अहिले किन अध्यादेश ल्याएर निर्णय गर्नुपर्‍यो ?  संसद नभएको बेलामा नगरि नहुने, देशलाई ठुलो नोक्सान हुने अवस्थामा अध्यादेश ल्याउने हो । अध्यादेशलाई सरकारले दुरुपयोग गर्‍यो, त्यसो नगर्नु भन्ने निर्देशन हुनुपर्थ्यो एउटा । दोस्रो, कुनै व्यक्तिलाई हेरेर अध्यादेश नै जारी गरेर प्रक्रियाहरु मिचेर, बढुवा गरेको कुरा कानुनी शासनको सिद्धान्तको विपरीत हुन्छ । यस्तो कार्य नगर्नु भन्न सकिन्छ । फलानो मानिसलाई गरेको बढुवा बदर गरिदिएको छ, अब कार्यान्वयन नगर्नु भन्नुचाहिँ अदालतको क्षेत्राधिकार हो । 

संसदीय समितिको प्रभावकारीतामा पनि प्रश्न उठेको छ नि ? 

संसद नचलेको बेलामा संसदीय समिति सक्रिय हुनुपर्ने हो । सरकार कर्मचारीलाई नआउनू भन्छ । आए पनि हुने, नआए नि हुने भन्छ । दूरी कायम गर्नु भन्छ । कर्मचारीलाई बिदा भन्दिन्छ । बिदा भनेपछि कर्मचारीको हकजस्तो । कर्मचारी नआएपछि समिति बैठक बस्न सक्दैन । कर्मचारी सबैलाई सवारी साधन छैन । यी सबै समस्याका कारण बैठक प्रभावकारी नभएका हुन् । 

अहिले त हामी भटाभट बैठक गरिरहेका छौँ । सरकारलाई सचेत गराइरहेका छौं । पहिला त सचेत गराउने हो । संसदप्रति जवाफदेही हुने भनेको संसदले बोलाउँदा आउने, संसदले भनेको सुन्ने र गएर कार्यान्वयन गर्ने हो । संसदीय समिति अझै सक्रिय र प्रभावकारी हुन जरुरी छ । 

संसदको अधिवेशन बोलाउन अन्तिम मिति (पुस १७) नै पुग्ने भएको हो ? 

एउटा अधिवेशनबाट अर्को अधिवेशन ३ दिन पछि पनि हुन सक्छ । ६ महिना नघाउनु हुँदैन भनेको त बढीमा न हो । त्यसकारण सरकारले संसदको  अधिवेशन ६ महिना लम्ब्याउने गलत काम गर्‍यो । संसद अब चाँडै बस्नुपर्छ । 

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  ०८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC