site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘हुल्लडबाज’सँगै ओलीको ‘रोदन’ !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पाँचौ स्थायी कमिटी बैठक चलिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्यहरुलाई लक्षित गर्दै भनेका थिए, “पार्टी एकता चरम संकटमा छ । स्थायी कमिटीमा हुल्लडबाजहरुले अनर्गल प्रचार गरिरहेका छन् । मलाई तल्लो स्तरमा झरेर गालीगलौज गर्ने, अत्यन्तै अपमानित गर्ने काम भइरहेको छ । तपाईँहरू पार्टीको सदस्य पनि हो । त्यो हुल्लडबाजहरुको समूहले गरेको कुनै पनि निर्णय म मान्दिनँ  मान्नुपर्ने बाध्यता पनि छैन ।”

ओलीको यो भनाइको स्थायी कमिटीको बैठकमा समेत चर्को आलोचना भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तिनै ओलीले आइतबार बसेको नेकपाको स्थायी कमिटी बैठकमा पत्र पठाउँदै सहयोगको अपिल गरेका छन् ।

“उज्ववल सम्भावना बोकेको, देश तथा जनताले अपार विश्वास गरेको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज इतिहासकै गम्भीर संकटमा छ,” ओलीले स्थायी कमिटीको बैठकमा लिखित पत्र पठाउँदै भनेका छन्, “यो कुनै बाह्य कारणले होइन । अधिवेशनबाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरु व्यग्र नेतृत्वमोह–सत्तामोहको कारण निम्तिएको छ । मैले त पार्टीको एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने घोषणा गर्दै नेतृत्व हस्तान्तरणको विषय सार्वजनिक गरिसकेको छु । तर पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्नका लागि नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस संकटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयास ररिरहेको छ । मलाई स्थायी कमिटीका कमरेडहरुको सामूहिक विवेकमाथि विश्वास छ । गत भदौ २६ गते पनि कमरेडहरुले पार्टीलाई यस्तै संकटबाट सकुसल अवतरण गराउनुभएको थियो । आशा छ कमरेडहरुले यसपटक पनि व्यक्ति विशेषका स्वार्थका लागि आन्दोलनकै सिकार हुने गरी सिर्जना भएको वर्तमान संकटपूर्ण अवस्थालाई आफ्नो सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनुहुनेछ ।”
 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  १६:५७
प्रतिक्रिया दिनुहोस्