site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पदभन्दा गणतन्त्र र पार्टी आवश्यक हो, परे त्याग गर्नुपर्छ : प्रचण्ड 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदभन्दा गणतन्त्र र पार्टी आवश्यक भएकाले आवश्यक परे त्याग गर्न तयार हुने बताएका छन् । स्थायी कमिटीको आजको बैठकमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

“पदभन्दा महत्वपूर्ण गणतन्त्र र पार्टी एकता हो आवश्यक परे जो कसैले पनि त्याग गर्न तयार हुनुपर्छ म त्यसका लागि तयार छु भनेर भन्नुभयो,” दाहालको भनाइ उद्धृत गर्दै स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले भने, “हामी जो कोही पनि त्याग गर्न तयार हुनुपर्छ भन्ने उहाँको धारणा थियो ।”

बैठकपछि स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले अध्यक्ष दाहालले पार्टी एकतामै जोड दिएको जानकारी दिए । एकताको विकल्प एकता नै हो भनेर दाहालले भनेको पनि गजुरेलले जानकारी दिए । 
 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  १६:३६
प्रतिक्रिया दिनुहोस्