site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्थायी कमिटीमा पत्र पठाउँदै ओलीले भने–म पूर्वमान्यतामा अडिग छु, दाहालको प्रस्तावमाथि छलफल हुँदैन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमाथि स्थायी कमिटी  बैठकमा छलफल हुन नसक्ने बताएका छन् । आइतबार सचिवालय बैठकमा पत्र पठाउँदै उनले आफू बैठकमा नआउनुको कारण प्रचण्डको प्रस्ताव भएको खुलाएका हुन् । 

 ओलीले पठाउको पत्र सचिवालय बैठकमा ईश्वर पोख्रेलले पढेर सुनाएको र पत्रमा ओलीले आफनो पूर्वमान्यता अर्थात् अध्यक्ष दाहालको प्रस्तावलाई बैठकमा औपचारिक छलफल गर्न नसकिने धारणामा रहेकाले बैठकमा अनुपस्थित भएको उल्लेख रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  ओली आइतबार बैठकमा उपस्थित नभए पनि बैठक भने अधयक्ष दाहालको अध्यक्षतामा बसेको थियो । बैठकले अध्यक्षद्वयले बैठकमा र यसअघि राखेको प्रस्ताव अध्ययनका लागि ७ दिनको समय दिँदै अर्को बैठक मंसिर २८ गते दिउँसो १ बजेका लागि तोकेको छ । 

आजको बैठकमा पार्टीको आन्तरिक समस्याका बारेमा छलफल गर्ने एउटा मात्र कार्यसूची थियो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro