site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेई फेङहे आज एकदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणपछि हुन लागेको यो अर्को उच्चस्तरको भ्रमण हो ।  उनी आजै बेलुका फर्किने कार्यक्रम तय भएको छ ।  चीनको राज्य सल्लाहकार, केन्द्रीय सेना आयोगका सदस्य र गणतन्त्र चीनको रक्षामन्त्रीसमेत रहेका फेङहे  एकदिने भ्रमणका लागि नेपाल आएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले धेरै समय सैनिक मुख्यालयमा बिताउने भएका छन् ।

भ्रमणका क्रममा उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, प्रधान सेनापति पूर्णचन्द्र थापालगायतसँग भेटवार्ता गर्नेछन् । रक्षामन्त्री फेङहेको भ्रमणलाई नेपाली सेनाले कार्य भ्रमण भनेको छ । उनको वर्तमान परिस्थितिमा सुरक्षा, रक्षा र सैन्यदेखि द्विपक्षीय सैनिक सहयोग एजेन्डामा उच्च प्राथमिकतामा राखिएको छ ।

Global Ime bank

नेपाली सेना र चीनको जनमुक्ति सेना (पीएलए) बीच लामो र बलियो सम्बन्ध छ । पीएलएले नेपाली सेनाको आधुनिकरणका लागि सहयोग गर्दै आएको छ । गतवर्ष तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलको चीन भ्रमणमा हुँदा नेपाली सेनाका लागि १५० मिलियन आरएमबी (चिनियाँ मुद्रा) सहयोग गरेको थियो ।  चिनियाँ पक्षले पठाउने भनेको सो सामग्री कोरोना महामारीका कारण रोकिएको थियो । 

राष्ट्रपति सी चिनफिङपछि रक्षामन्त्री फेङहे दोस्रो वरिष्ठ नेता हुन्, जो नेपाल भ्रमण गर्दैछन् ।  उनको सुरक्षार्थ नेपाली सेनाले उच्च सैनिक सुरक्षा प्रदान गर्ने भएको छ ।  फेङ्हेको नेतृत्वमा उनका मन्त्रालयका सदस्यहरु, अनुवादक र अन्य महत्वपूर्ण व्यक्तित्वहरु सहभागी हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement