site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना संक्रमणका कारण परिवार नियोजनका साधन प्रयोग गर्ने घटे
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना संक्रमणका कारण परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्नेको संख्या कमी देखिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार हाल नेपालमा प्रयोग हुँदै आएका आधुनिक अस्थायी साधनहरु डिपो, आईयूसीडी, इम्प्यान्ट, पिल्स र कण्डमको प्रयोगमा कमी आएको देखिएको छ । 

महाशाखाका अनुसार कोरोना संक्रमण देखिनुभन्दा अघिका (चैत देखि असोजसम्म) सात महिनामा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्नेको संख्या चार लाख ५६ हजार ८३० थियो । 

कोरोना संक्रमण देखिएपछि (चैत देखि असोजसम्म) सोही अवधिमा चार लाख १३ हजार ८६९जनाले परिवार नियोजनका अस्थायी साधनको प्रयोग गरेका महाशाखाको तथ्याकंले देखाएको छ । जसमा ४२ हजार ९६१ ले परिवार नियोजनको अस्थायी साधनको प्रयोग गर्नेमा कमी आएको देखिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी कोरोना संक्रमण देखिनुभन्दा अघिल्लो सात महिना (असोज देखि चैत) सम्ममा २० वर्ष मुनिका किशोरीहरुले परिवार नियोजनको अस्थायी साधन डिपो १२ हजार ४४४ जनाले प्रयोग गरेको थिए । कोरोना संक्रमण देखिए यता (चैतदेखि असोज) १२ हजार १२३ जनाले  डिपो प्रयोग गरेको महाशाखाको तथ्याकंले देखाएको छ । यसरी हेर्दा यो समूहका ३२१ जनाले मात्र डिपो प्रयोग गरेको देखिन्छ । जुन कोरोनाका संक्रमणका कारण डिपो प्रयोग गर्ने किशोरीको संख्यामा कमी आएको छ ।

अघिल्लो सात महिना (असोजदेखि चैत) सम्मको अवधिमा २० वर्षभन्दा माथिका उमेर समूहका महिलाहरुले परिवार नियोजनको अस्थायी साधन डिपो एक लाख ६८ हजार ५७ जनाले प्रयोग गरेका थिए । कोरोना संक्रमण देखिए यताको सात महिना (चैतदेखि असोज) सम्ममा एक लाख ५६ हजार ८७६ जनाले डिपो प्रयोग गरेका छन् । जुन अघिल्लो साता महिनाको तुलनामा कोरोना देखिए यता ११ हजार १८१ जनाले प्रयोग गर्नेमा बढी आएको छ । 

Global Ime bank

यसैगरी २० वर्ष मुनिका किशोरीहरुले परिवार नियोजनको अस्थायी साधन आईयूसीडी लकडाउन हुनुभन्दा अघिका सात महिना (असोजदेखि चैत) सात महिनामा ५२२ जनाले प्रयोग गरेका थिए भने पछि (चैतदेखि असोज) ३६३ जनाले प्रयोग गरिएकाले मात्र प्रयोग गरेका छन् । जसमा आइयूसीडीका प्रयोगकर्तामा १५९ जनाले कमी आएको देखिएको छ । 

(असोजदेखि चैत) सम्मका अघिल्लो सात महिना आईयूसीडी प्रयोग गर्ने २० वर्षभन्दा माथिका महिलाहरुमा १२ हजार ७४ जनाले प्रयोग गरेका थिए भने पछिल्लो सात महिना (चैतदेखि असोज) मा १२ हजार ५४६ जनाले प्रयोग गरेका थिए । जसमा आईयूसीडी प्रयोगकर्ताको संख्या ४७२ जनाले बढेको छ ।

त्यसैगरी अघिल्लो वर्ष २०७६को (असोज देखि चैत)को सात महिनामा २० वर्षभन्दा मुनिका किशोरीहरुले दुई  हजार ९०८ जनाले परिवार नियोजनको अस्थायी साधन इन्प्लान्ट प्रयोग गरेका थिए भने सोही अवधिको पछिल्लो (चैतदेखि असोज) सम्म सात महिनामा दुई हजार १४० जनाले प्रयोग गरेको देखिएको छ ।  जसमा इन्प्लान्ट प्रयोग गर्ने किशोरीको संख्या  ७६८ जनाले कमी आएको महाशाखाको तथ्याकंले देखाएको छ ।

अघिल्लो वर्षको सात महिना (असोजदेखि चैत) मा परिवार नियोजनको अस्थायी साधन इन्प्लान्ट प्रयोग गर्ने २० वर्षभन्दा माथिका महिलाहरुमा ५४ हजार २७६ जनाले प्रयोग गरेका थिए भने (चैतदेखि असोज)  सात महिनासम्मको अवधिमा ५० हजार ७७४ जनाले प्रयोग गरेका थिए । जसमा  तीन हजार ५०२ जनाले घटेको छ । 

अघिल्लो सात महिना (असोज देखि चैत) मा २० वर्षभन्दा मुनिका  किशोरीले पिल्स  ६ हजार ४४८ जनाले प्रयोग गरेका थिए भने सोही अवधिमा पछिल्लो सात महिना (चैतदेखि असोज) मा ६ हजार ४१ जनाले प्रयोग गरेका छन् । जसमा ४०७ जनाले घटेको देखिएको छ । 

२० वर्षभन्दा माथिका महिलाहरुले अस्थायी साधनको रुपमा प्रयोग गर्ने पिल्समा ८६ हजार ७५९ जनाले प्रयोग गरेका थिए । सोही अवधिको पछिल्लो सात महिनामा ८१ हजार २८३ जनाले प्रयोग गरेका थिए । जसमा पाँच हजार ४७६ जनाले बढेको देखिएको छ । 

कण्डम प्रयोग गर्ने पुरुषको अघिल्लो वर्षको (असोज देखि चैत) सात महिनामा एक लाख १३ हजार ३४२ जनाले प्रयोग गरेका थिए । भने सोही अवधिको पछिल्लो सात महिना (चैतदेखि असोज) मा कण्डम प्रयोग गर्नेका संख्या ९१ हजार ७२३ जना छन् । जसमा २१ हजार ६१९ जनाले घटेको देखिएको छ । महाशाखाको तथ्याकं अनुसार कोरोनाका कारण पछिल्लो सात महिनाको समयमा किशोरीहरुमा परिवार नियोजनको साधन प्रयोग गर्नेको दरमा निकै कमी देखिएको छ । 

नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्भेको सन् २०१६ ले ४३ प्रतिशत मानिसले मात्र परिवार नियोजनको साधन प्रयोग गरिरहेको देखाएको छ । नेपालमा परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या संख्या ४३ प्रतिशत मात्रै छ । लकडाउनका कारण यातायातको असुविधा र सुरुको समयमा अस्पताल र मेडिकलहरूले परिवार नियोजनसम्बन्धी सेवा सहज रूपमा नदिएका कारण समस्या देखिएको महाशाखा अन्तर्गतको प्रजनन स्वास्थ्य शाखा प्रमुख कविता अर्याल बताउँछिन् । उनका अनुसार सुकुमवासी बस्ती, श्रमिक, बालविवाहजस्ता कारणले अस्थायी साधनको प्रयोगमा कमी आएको समेत देखिएको छ । 

अर्को परिवार नियोजनका सेवाग्राहीलाई परिवार नियोजनका साधन तथा सेवा प्रयोगबाट हुन सक्ने असर, असर भएमा के गर्ने भन्ने जानकारी प्रभावकारी रुपमा दिन नसकिएको सरकारी अधिकारीहरु बताउँछन् । 

 कोरोना नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण गत वर्षको तुलनामा लकडाउन र बन्दाबन्दी (चैतदेखि साउन) सम्मको अवधिमा घटेको परिवार कल्याण महाशाखाका निर्देशक डा. भिम सिंह तिंकरी बताउछन् । उनका अनुसार लकडाउन (बन्दाबन्दी)को समयमा स्वास्थ्य संस्था नजिक भएकाले प्रयोग गरेका छन् तर  टाढा  स्वास्थ्य संस्था भएकाहरुले यातायातका साधन नचल्दा आधुनिक  परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्नबाट वञ्चित भएका छन् ।
  
उनले भने,“कोरोना नियन्त्रणका लागि लगाइएको लकडाउनका पाँच महिनामा स्वास्थ्य संस्था टाढा भएका मानिसहरुले आधुनिक परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्नबाट बञ्चित भए ।” तर परिवार नियोजनको साधनका खरिद र जनचेतनाका लागि वार्षिक २५ देखि ३० करोड खर्च हुने गरेको उनले जानकारी दिए । 

परिवार नियोजनका साधनको अभाव भएको होइन कि प्रयोगकर्ता स्वास्थ्य संस्थाहरु टाढा हुँदा लिन जानमा समस्या भएकाले घटेको उनको भनाइ छ । अहिलेको समयमा लकडाउन खुलेपछि साधनको उपलब्धताका विषयमा अध्ययन गर्दा प्रयोग गर्नेको दर समेत बढ्दै गएको उनले जानकारी दिए ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  २३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC