site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
ओलीले भने– कर्णाली प्रदेशको विवाद दुई अध्यक्षले मिलाउँछौं, पार्टी निर्णय मान्नुस् 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कर्णाली प्रदेशका दुवै पक्षलाई राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा छलफल गरेका छन् ।  कर्णाली प्रदेश नेकपा संसदीय दलका १८ जना सांसदहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविस्वासको प्रस्ताव अघि बढाएपछि पार्टी अध्यक्षसमेत रहेका ओलीले सबै पक्षका कुरा सुनेका थिए ।

बिहीबार नै उनीहरूलाई छलफलका लागि बोलाइएको भए पनि प्रधानमन्त्री ओलीले आजमात्रै समय निकालेका थिए । छलफलमा पार्टी महासचिव विष्णु पौडेल, सहइन्चार्ज यामलाल कँडेल, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, केन्द्रीय सदस्यद्वय गुलावजङ्ग शाह र चन्द्रबहादुर शाही उपस्थित थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

 सबैका कुरा सुनेका ओलीले अन्तिममा आफ्ना कुरा राखेको सचिव शर्माले जानकारी दिए ।

 “प्रधानमन्त्रीले कर्णाली प्रदेशमा देखिएको गतिरोध धीरतापूर्वक सुन्नुभयो । अन्तिममा आफ्ना कुरा राख्दै म र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबसेर उपयुक्त निर्णय लिन्छौं । पार्टीको निर्णय मान्नुपर्छ भन्नुभयो,” शर्माले बाह्रखरीसँग भने ।
आफूले  कर्णालीमा देखिएको गतिरोध कुनै हालतमा चिर्नुपर्ने बताएको शर्माको भनाइ छ । “दुई अध्यक्षले जसरी हुन्छ विवाद मिलाउनुपर्छ । गतिरोध लम्ब्याउनुहुँदैन । निकास दिनुहोस् भनेर मैले मेरा कुरा राखेँ,” उनले भने । आजको भेटमा अर्का अध्यक्ष प्रचण्ड भने थिएनन् । उनले बिहीबार र शुक्रबार नै सबै पक्षका कुरा सुनिसकेकाले आफू उपस्थित हुन आवश्यक नरहेको बताएको स्रोतको दाबी छ ।

Global Ime bank

“अध्यक्ष प्रचण्डले बिहीबार र शुक्रबार दुवै पक्षलाई बोलाएर कुरा गरिसक्नुभएको छ । आज तपाईंमात्रै छलफल गर्नुस् भनेर प्रधानमन्त्रीलाई भन्नुभएको थियो । प्रधानमन्त्रीले छलफल गरेपछि दुईजना अध्यक्ष बस्नुहुन्छ,” प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बाह्रखरीसँग भनेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC