site stats
बाह्रखरी :: Baahrakhari
विशेष
‘ओस्कार भर्चुअल फिल्म फेष्टिभल’ हुँदै

काठमाडौं । ‘ओस्कार भर्चुअल फिल्म फेष्टिभल’ आयोजना हुने भएको छ । ओस्कार इन्टरनेसनल कलेज काठमाडौंले आयोजना गर्ने ओस्कार भर्चुअल फिल्म फेष्टिभलमा १२ वटा सर्ट मुभी स्क्रिनिङ गरिने छ । कलेजका पासआउट विद्यार्थीले बनाएका मुभी स्क्रिनिङ हुने ओस्कार इन्टरनेसनल कलेजका प्रिन्सिपल तथा निर्देशक बिनोद पौडेलले जानकारी दिए । 

अक्टोबर १६ देखि १८सम्म हुने फेष्टिभलमा प्यानल डिस्कसन पनि हुने छ । अन्तर्राष्ट्रिय फिल्म मेकरदेखि नेपाली मेकरसम्म प्यानल डिस्कसनमा सहभागि हुने छन् । 

दीपकराज गिरी, छिरिङ रितार शेर्पा, प्रदीप भट्टराई, रविन्द्रसिहं बानिया, निश्चल बस्नेत, प्रचण्डमान श्रेष्ठ लगायत प्यानल डिष्कसनमा सहभागि हुने निर्देशक तथा आयोजक पौडेलले जानकारी दिए ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यो वर्ष अनलाइन फेष्टिभल गर्ने निर्णय भयो । अर्को वर्षबाट इनटरनेसनल सिनेमा पनि ल्याउने योजना छ,” पौडेल भन्छन्, “यो वर्ष तीनजना अन्तर्राष्ट्रिय फेष्टिभलमा सहभागी हुनुहुने छ । गियम मयागनेट, माइकल हेनरिक्स र इन्ग्रिड लिल सहभागि हुने उक्त सेसनलाई छिरिङ रितारले सहजीकरण गर्नेछन् ।

फेष्टिभलमा चलचित्र बिकास बोर्डका अध्यक्ष दायाराम दाहाल पनि सहभागि हुनेछन् । उनले बोर्डले गर्दै गरेका काम तथा नयाँ नीतिगत योजनाका विषयमा जानकारी दिने छन् ।

आयोजक तथा चलचित्र बुलबुल निर्देशक पौडेलले फेष्टिभलले चलचित्रप्रतिको आम बुझाइमा परिवर्तन ल्याउन ठूलो भूमिका खेल्ने अपेक्षा रहेको बताए । 

“यस्ता फेष्टिभलहरु समयसमयमा आयोजना भइरहनु पर्छ जहाँ नेपाली चलचित्रको विगत, वर्तमान र भविश्यका बारेमा खुलेर बहस होस् । हामीमा रहेका कमजोरी पत्ता लगाएर त्यसलाई स्वीकार गरेर सच्चिदै जान सहयोग गर्छ,” उनी भन्छन्, “हाम्रो चलचित्र उद्योगमा चलचित्रको प्रस्तुति र कन्टेन्टलाई लिएर जति पनि छलफल हुनु पर्ने हो त्यो भएकै छैन । अहिले कोभिड—१९ कारण ७ महिनादेखि शून्यमा रहेको चलचित्र उद्योगलाई अब कसरी उठाउनु पर्छ भन्नेमा खुलेर बहस हुनु जरुरी छ । र यो बहस हामीले यो फेष्टिभलमा होस् भन्ने चाहेका छौं ।”

कोभिड—१९ का कारण शून्यमा झरेपछि पुनः सुरु हुँदा नेपाली चलचित्र उद्योगले आफूलाई कसरी परिमार्जन गर्नुपर्छ भन्ने विषयमा फेष्टिभलमा हुने छलफलमा मेकरहरुको उत्साहपूर्ण सहभागिता रहने उनको विश्वास छ । 
No description available.

 

No description available.

No description available.

प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  ०७:०२
प्रतिक्रिया दिनुहोस्