site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बजार परिसूचक ४.०१ प्रतिशतले घट्दा लगानीकर्ताले गुमाए ७१ अर्ब ६१ करोड 
Sarbottam CementSarbottam Cement

काठमाडौं । यो साता सेयरबजार परिसूचक नेप्से ४ प्रतिशतभन्दा माथिले घटेको छ । कोरना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै जाँदा त्यसको प्रभाव अर्थतन्त्रको ऐना मानिने पुँजीबजारमा पनि देखिदै गएको जानकारहरु बताउँछन् । 

बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुनुको साथै बैंकहरुले धमाधम एकल अंकको ब्याजदरमा सेयर कर्जा दिँदासमेत यो साता सेयर बजारमा निराशा देखिएको छ । 

कोभिड १९ नियन्त्रण्को लागि सरकारले पुन: लकडाउन गर्ने चर्चा चल्नुका साथै विराटनर, वीरगन्ज जस्ता सहरमा निषेधाज्ञा जारी भएकाले पनि बजारमा प्रभाव परेको जानकारहरु बताउँछन् । यो साता नेप्से परिसूचकसँगै कारोबारमा पनि संकुचन देखिएको छ । गत साता औसतमा प्रतिदिन एक अर्ब ६० करोडभन्दा माथिको कारोबार भएको बजारमा यो साता भने औसतमा एक अर्ब ३२ करोडको मात्रै कारोबार भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गत साता ५ कारोबार दिनमा बजारमा आठ अर्ब  दुई करोड २३ लाखको कारोबार भएको थियो । तर यो साता भने चार दिन मात्रै कारोबार हुँदा ५ अर्ब ५ अर्ब  २८ करोड ६५ लाखको कारोबार भएको छ । साताभर बजारमा १९४ कम्पनीको सेयर किनबेच भएको थियो ।

कारोबार रकमसँगै बजार परिसूचक नेप्से पनि ५७.६८ अंक (४.०१ प्रतिशत) ले घटेको छ । गत साता १४३९.०६ अंकमा बन्द भएको नेप्से यो साता घटेर १३८१.३८ अंकमा बन्द भएको हो ।  सातामा चार दिन खुलेको बजारमा पहिलो दिन आइतबार बजार परिसूचक नेप्सेमा ४२.७८ अंकको पहिरो गएर १३९६.२८ अंकमा बन्द भएको थियो । तर साताको दोस्रो दिन सोमबार भने बजारमा सुधार देखिएर नेप्से पुनः १४०० अंकभन्दा माथि गएको थियो । सोमबार बजार परिसूचक नेप्से ७.५९ अंकले बढेर १५०३.८७ अंकमा पुगेको थियो ।

Global Ime bank

मंगलबार बन्द रहेको नेप्से बुधबार पुन: ओरालो लाग्यो । बुधबार बजार परिसूचक २१.२० अंकले ओरोलो लागेर १३८२.६७ अंकमा बन्द भयो । साताको अन्तिम दिन बिहीबार पनि बजार परिसूचक ओरालो नै लाग्यो । बिहिबार नेप्से १.२९ अंकले घटेर १३८१.३७ अंकमा बन्द भयो । 

नेप्से घट्दा लगानीकर्ताले गुमाए ७१ अर्ब ६१ करोड
यो साता नेप्से परिसूचक घटेसँगै बजार पुँजीकरण पनि ३.७८ प्रतिशतले घटेको छ । साताभर बजार पुँजीकरण ७१ अर्ब ६१ करोड ३२ लाखले  घटेको छ । गत साता १८ खर्ब ९४ अर्ब ५२ करोड १७ लाख  रहेको बजार पुँजीकरण यो साता घटेर १८ खर्ब २२ अर्ब ९० करोड ८५ लाखमा झरहेको छ ।  

कारोबारमा नेपाल पुनर्बिमा कम्पनीको अग्रता, प्रभुको संस्थापक पनि ३४ करोडको किनबेच
कारोबार रकमका आधारमा यो साता पनि नेपाल पुनर्बिमा कम्पनीले लिड गरेको छ । गत साता  ८३ करोड ८२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको कम्पनीको यो साता पनि सबैभन्दा धेरै ५८ करोड १२ लाखको सेयर कारोबार भएको छ । त्यस्तै यो साता नेपाल लाइफ इन्स्योरेन्सको ३९ करोड ४१ लाखको कारोबार भएको छ भने प्रभु बैंकको संस्थापक सेयर पनि ३५ करोड  ३० लाखको किनबेच भएको छ ।

यस्तै एनएमबी बैंकको २३ करोड ७७ लाख, एनआईसी एशिया बैंकको २१ करोड ३ लाख, हिमालयन डिस्टिलरीको १५ करोड २१ लाख, नबिल बैंकको १४ करोड ५० लाख, शिखर इन्स्योरेन्सको १३ करोड ५४ लाख, एनआईसी एशिया लघुवित्तको ११ करोड १२ लाख र नेपाल बैंकको ९ करोड १० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । 

पुँजीकरणमा टेलिकम नै अग्र स्थानमा, एनएमबीभन्दा पुनर्बिमा अगाडि
बजार पुँजीकरणमा यो साता पनि नेपाल टेलिकमको अग्रता कायमै छ । कम्पनीको पुँजीकरण यो साताको अन्तिम दिनमा आउँदा ९७ अर्ब ६५ करोड छ । त्यस्तै पुँजीकरणको आधारमा दोस्रो स्थानमा नबिल बैंकको ८२ अर्ब नौ करोड, तेस्रोमा नेपाल लाइफको ७२ अर्ब ५३ करोड, चौथोमा नेपाल इन्भेष्टमेन्ट बैंकको ६२ अर्ब ८४ करोड, पाँचौंमा एभरेस्ट बैंकको ६० अर्ब ७५ करोड छ ।

यता गत साता पुँजीकरणमा सातौं स्थानमा रहेको नेपाल पुनर्बिमा कम्पनी यो साता छैटौं स्थानमा आएको छ । कम्पनीको पुँजीकरण ५७ अर्ब ५० करोड छ । सातौं स्थानमा एनएमबी बैंकको ५७ अर्ब ६ करोड, आठौं स्थानमा एनआईसी एसिया बैंकको ५३ अर्ब २५ करोड, नवौं  स्थानमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको ५१ अर्ब ५१ करोड, र दशौं स्थानमा  हिमालयन बैंकको ५० अर्ब ७० करोड बजार पुँजीकरण छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC