site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
संक्रमित क्‍वारेन्टिनमै, अस्पताल खाली !
Sarbottam CementSarbottam Cement

पोखरा । बिहीबारको गण्डकी प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले गर्वका साथ भनिन्, “सातै प्रदेशमध्ये हाम्रो प्रदेशले मात्र संक्रामक तथा सरुवा रोग अस्पताल बनाएको छ ।” हुनपनि काठमाडौंस्थित टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालपछि गण्डकीले नै लेखनाथको लायन्स सामुदायिक अस्पताललाई स्वामित्व ग्रहण गर्दै संक्रामक र सरुवा रोग नियन्त्रण अस्पताल बनाएको हो ।

गण्डकीमा पश्चिमाञ्‍चल अस्पतालपछि कोरोनाको 'डेडिकेटेड' गरिएको यो सबैभन्दा ठूलो अस्पताल पनि हो  । तर, साउन १ गते प्रदेश मातहत आएको यो अस्पतालले पश्चिमाञ्चल अस्पतालको आइसोलेसन बेड भरिएर कोरोना संक्रमितहरु क्वारेन्टिनमा नै रहँदा पनि संक्रमितलाई अस्पताल ल्याउन भने सकेन ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले भनिसक्यो, "४० भन्दा बढी संक्रमितलाई हामीले राख्न सक्दैनौं ।" अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले यसबारेमा प्रदेश सरकारलाई जानकारी पनि गराइसकेको बताए । प्रदेशको एकमात्र र ठूलो कोरोना 'डेडिकेटेड' अस्पताल मंगलबारदेखि भरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

३५ जना बिरामी आइसोलेसनमा छन् । बाँकी रहेका ५ बेड गम्भीर केसको लागि भनेर रिजर्भ राखिएको छ । कास्कीमा मात्रै मंगलबार पाँच र बुधबार पाँच गरी थपिएका १० जना संक्रमित क्वारेन्टिननमा नै छन् ।

बुधबार कास्कीमा पाँच संक्रमित थपिए । तीमध्ये एकजना तनहुँको सरकारी अड्डामा कार्यरत अधिकृतस्तरका कर्मचारीका परिवार पनि हुन् । उनी र उनको चारजनाको परिवार नै अहिले संक्रमित छ । ७ देखि ८२ वर्षसम्मका संक्रमित उनीहरु सबै होम क्वारेन्टाइनमा छन् ।

Global Ime bank

अस्पतालको आइसोलेसनमा भने बेड खाली छैनन् । यता, मंगलबार पनि कास्कीमा पाँचजना संक्रमित भेटिएका थिए । तीमध्ये एकजना नदीपुर बिटमा कार्यरत प्रहरी हवल्दार हुन् । उनलाई संक्रमण कसरी फैलियो यसबारे सरकारी निकाय नै जानकार छैन । उनलाई भने पश्चिमाञ्चल अस्पतालको आइसोलेसनमा राखिएको छ ।

पछिल्लो समय कास्कीमा कुनै 'ट्राभल हिष्ट्री' नभएका व्यक्तिहरुमा पनि संक्रमण फेला पर्न थालेको छ । तर, संक्रमितको संख्या दिनहुँ बढ्दै जाँदा आइसोलेसनको अभाव देखिएको छ ।
संक्रमण भेटिए पनि गम्भीर प्रकृतिको लक्षण नदेखिएका व्यक्तिलाई होम क्वारेन्टिनमा नै राख्‍ने नीति स्थानीय र प्रदेश सरकारले अख्तियारी गरेका छन् ।

४० शय्याको 'डेडिकेटेड' अस्पतालमा कास्कीका र उपचारका लागि पोखरा आएका अन्य बिरामीमा संक्रमण भेटिए उपचारको लागि ल्याउने गरिएको छ । पछिल्ला दिनमा संक्रमितको संख्या बढिरहँदा अहिले क्षमताभन्दा बढी संक्रमित भेटिएका छन् ।

तर, गम्भीर प्रकृतिको लक्षण देखिएका संक्रमितलाई आइसोलेसनमा राख्‍ने चुनौती पनि बढ्दै गएको छ । अघिल्लो महिनामात्रै प्रदेश सरकारले आफू मातहतमा लेखनाथ सामुदायिक अस्पताललाई ल्याएको थियो । ५० शय्याको यो अस्पतालाई पनि कोरोनाको 'डेडिकेटेड' अस्पताल घोषणा गरिएको छ ।

तर, पश्चिमाञ्चल अस्पतालमा संक्रमितको चाप बढेर क्षमताभन्दा बढी संक्रमित भेटिँदा पनि यो अस्पताल अहिलेसम्म बिरामी राख्‍न सक्ने अवस्थामा पुगेको छैन । कारण, अस्पताल त प्रदेश सरकारले पायो तर, कोरोनाका संक्रमितलाई राख्‍न सक्नेगरि व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन ।

स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्य भन्छन, “उता व्यवस्थापन भएको छैन, अब पश्चिमाञ्चल अस्पतालमा आज केही डिस्चार्ज भएर बेड खाली हुन्छ होला अनि त्यहाँ लैजानेछौँ ।”

यता, बिहीबार नै गण्डकी प्रदेशसभा बैठकमा विभागीय मन्त्री नरदेवी पुनमगरले लेखनाथमा ५० शैयाको अस्पताल तयार रहेको बताइन् । तर, अस्पतालले किन संक्रमित बिरामी राख्न सकेन त ? अस्पतालले किन सामान्य लक्षणका बिरामी पनि राख्न सक्दैन त ?

यसबारेमा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन भण्डारी भन्छन, “हामी तयारी अवस्थामा नै छौं, तर आइसोलेसनमा राख्नुपर्ने बिरामीको सुरक्षासहित सामान्य भौतिक पूर्वाधारको व्यवस्थापन हुन बाँकी छ ।”

उनका अनुसार बेड तयार छ, भौतिक संरचना तयार भइसकेको छैनन् । “ग्रिलहरु बनाउनुपर्ने छ । बिरामीको सुरक्षाको लागि । एकदमै आवश्यक हो भने चाहिँ हामी तयार छौँ । अब संक्रमितलाई टिनमुनि राख्नुभन्दा प्लाई प्रिफ्याब जस्तो बनाएर राख्दा राम्रो हुन्छ । हाम्रो टिम चाहीँ रेडी छ,” उनले भने ।

कोरोनाको लागि नै 'डेडिकेटेड' अस्पताल घोषणा गरेपछि उपलब्ध संरचनाकै अधिकतम उपयोग गर्ने उनले बताए ।  “हामीले अहिले भएका भौतिक संरचनाको अधिकतम प्रयोग गर्ने हो । पहिलेको अस्पतालका स्वास्थ्यकर्मी हुनुहुन्छ ३० जना । मेडिकल अधिकृतसहित तीनजना भर्खरै करारमा पनि छौं । हाम्रो टिमले व्यवस्थापन गर्ने भनेर लागिपरेको छ, ” उनले भने ।

उनले थपे, "अस्पतालमा अहिले ५० वटा बेड छन् । कोरोनाको लागि तीनैमध्येबाट २० वटा बेड छुट्याइएको छ । बेडसंख्या थप्ने कुरा छ । कुल अस्पतालमा ५० शैया छन् । हामीसँग कोरोनाको लागि भनेर २० वटा जति बेडहरु छन । अरु थप बेडको लागि अगाडि बढिरहेका छौं । पहिलेकै समुदाय मातहतमा रहँदाको अस्पतालको सेटअपमा हुँदा ३ वटा आइसियु बेड छन् । तर, भेन्टिलेटर भने छैनन् ।" यसको अर्थ, लेखनाथको अस्पतालले गम्भीर प्रकृतिका कोरोनाका बिरामी राख्‍न भने सक्दैन ।

“भेन्टिलेटर त छैन । हामी त्यसको सेटअपमा गएका छैनौं । पोष्ट अप सेप्रेट राख्नुपर्ने केसको लागि तीनवटा बेड छन् । हामीले सुरुको चरणको लक्षण र मध्यम खालको लागि व्यवस्थापन गर्ने हो । लक्षण देखिएका केस मात्र राख्‍ने हो । जटिल केसको लागि सिरियस कन्सलटेन्ट पनि चाहिन्छ । हामीले तत्कालै यो व्यवस्थापन गर्न भने सक्दैनौँ, ” भण्डारीले भने ।

गम्भीर केस भने पश्चिमाञ्चल अस्पतालले हेर्नुबाहेकको विकल्प आफूहरुसँग नरहेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC