site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
कोरोनाले जतिखेर पनि रुप फेर्न सक्छ, लापरबाही नगरौं 
Sarbottam CementSarbottam Cement

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणको दर बढ्दै गएको छ ।  कोरोना संक्रमण थपिरहँदा पनि काठमाडौंबासीले स्वास्थ्य सुरक्षाका लागि अपनाउनु पर्ने सावधानीका विषयमा बेवास्ता गरेको देखिन्छ । कोरोना भाइरसको संक्रमणको अवस्था, जोखिम र स्वास्थ्य सतर्कतालगायतका विषयमा स्वास्थ्य मन्त्रालयअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवम् भाइरोलोजिष्ट डा. बासुदेव पाण्डेसँग सञ्‍जिता खनालले गरेको कुराकानी :

काठमाडौं उपत्यकमा कोरोना भाइरसको अवस्था कस्तो छ ?

पछिल्लो केही दिन यता काठमाडौंमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । काठमाडौं उपत्यकाको ठेगाना राखेका हालसम्म २६७ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकमा कोरोना देखिनेमा ७९ जना विदेशबाट आएका छन् । हालसम्म विदेशबाट भारतबाहेक १७ हजार नेपाली आएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

विदेशबाट जहाजमा नेपाल आउनेहरु तीन तरिकाबाट कोरोना परीक्षण गरेर आएको देखिन्छ । आरटी पीसीआर गरेर आउने ३५ प्रतिशत छन्  । तर, आरटी पीसीआर गरेको सातदिन मात्र भएको छ अन्य मानिससँग सम्पर्क भएको छैन भने हामीले होम क्वारेन्टिनमा जान दिन्छौं । आरटी पीसीआर गरेको छ तर अन्य मानिससँग सँगै बसेर आएको छ भने क्वारेन्टिनमा राख्ने गरेका छौं । 

विदेशबाट स्वदेश आएका ३५ प्रतिशतले आरडीटी परीक्षण गरेर आएका छन् । अर्को निरोगिता प्रमाणपत्र लिएर आएकाहरु हुन्छन् । केही पनि स्वास्थ्य परीक्षण नगरी लक्षण लिएरसमेत आएको पाइयो । उनीहरुलाई विमानस्थलको नै हेल्थ डेस्कबाट तुरुन्त अस्पताल लैजाने गरिएको छ ।

Global Ime bank

आरडीटी र निरोगिता प्रमाणपत्र लिएकाहरुलाई घर जान दिइँदैन । उनीहरुलाई आर्मी र सुरक्षाकर्मीले क्वारेन्टिनमा लैजाने गर्छन् । विदेशबाट आएका कोरोना संक्रमितहरु अधिकांश लक्षणविहीन छन् ।

विदेशबाट आएका होल्डिङ् सेन्टरमा आफैं पैसा तिरेर विभिन्न अस्पतालबाट स्वाब दिने र परीक्षण गराउने गरेका छन् ।  पीसीआर गरेर कोरोना परीक्षण गरेर नेगेटिभ देखिएमा घर जान पाउने भनेर पनि आफैं परीक्षण गराउन थालेका छन् । काठमाडौं बाहिरबाट गाडी चढेर लुकिछिपी आउने गर्दा पनि संक्रमण भएको देखिन्छ । विभिन्‍न कारणले शल्यक्रिया गर्नुपर्ने व्यक्तिहरुमा कोरोना देखिएको छ । 

काठमाडौंमा कोरोना समुदायस्तरमा फैलिएको हो त ?

काठमाडौंमा स्रोत पत्ता नलागेको स्थानमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणको स्रोत पत्ता नलागेको १२ स्थानमा १२ सयको नमुना संकलन गर्दैछौं । स्थानीय सरकार र वडा अध्यक्षसँगको समन्वयमा नमुना संकलन गरिरहेका छौं ।  समुदायमा ठूलै समूहमा कोरोना संक्रमित भेटिए तर उनीहरुको कुनै पनि स्रोत पत्ता नलागेमा मात्र समुदायमा गएको भन्‍न सकिन्छ । एक दुई जनामा स्रोत नखुलेका (ट्राभल हिस्ट्री नभएकाहरुमा) स्थानीय संक्रमण (लोकल ट्रान्समिसन)देखिएका छन् ।

अहिलेसम्म समुदायमा कोरोना गएको छैन । तर यो समुदायमा जाँदैन भन्‍न सकिँदैन । भारतमा पनि  कोरोना संक्रमित बढेका बढ्यै छन् । किनभने भारतसँग सीमा जोडिएको छ । जहाज नभए पनि गाडीबाट नेपालको सीमासम्म आएर बाइक चढेर आउने गरेको देखिन्छ । बाइक चढेर आएका व्यक्तिहरुमा कोरोना देखिएको छ । कोरोनाबाट बच्‍न हामी सबै जिम्मेवार बन्‍नुपर्छ । 

हालसम्म कोरोना विदेशबाट आएका ९६ प्रतिशतमा देखिएको छ । अन्यमा ती व्यक्तिमार्फत कोरोना सरेको देखिन्छ । भिडभाड भएका स्थानहरु जस्तै बैंकको काउन्टर, जहाँ बढी भिड हुन्छ  त्यस्ता स्थानमा अर्को साता नमुना संकलन गर्ने तयारी रहेको छ  । 

काठमाडौंमा लकडाउनको पालना नभएकोले समस्या जटिल बन्दै गएको हो ?

काठमाडौंमा लकडाउन खुकुलो भएपछि मानिसहरुले अलिक लापरबाहीसमेत गरेको देखिन्छ । होटल तथा रेस्टुरेन्टमा भेला भएर बसेको देखिन्छ । न दूरी कायम छ, न मास्कको प्रयोग । केहीको पनि प्रयोग नगरेको र हात नधोएको  देखिन्छ । तर हामी नागरिक पनि सचेत बन्‍नुपर्ने देखिन्छ । किनभने भाइरस नयाँ छ । भाइरसले रुप फेरेर जटिल पनि बन्‍नसक्छ र  सामान्य पनि बन्‍न सक्छ । 

तर नेपालीहरुमा रोग प्रतिरोधात्मक क्षमता बढी छ । मानिसको मृत्यु समेत कम भएको छ भनेर मानिसले सामान्य रुपमा लिएको देखिन्छ तर त्यस्तो गर्न हुँदैन ।

काठमाडौंमा ट्राभल हिस्ट्री नै नभएका व्यक्तिमा कसरी कोरोना देखियो त ?

ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना देखिनुका कारण कोरोना संक्रमण पोजेटिभ देखिएका व्यक्ति घरमै बसेको देखियो । तर कोरोना संक्रमितसँग बसेको तर नेगेटिभ रिर्पोट आएकाहरु चिया पसल, तरकारी पसल गएको देखियो ।  अर्को कोरोना पोजेटिभ देखिएकाहरुले आफूकहाँ गएको त्योसमेत नभनिदिँदा समस्या भइरहेको छ ।

जस्तै - ट्राभल हिस्ट्री नभएका मेडिसिटी अस्पतालमा उपचाररत साढे दुई वर्षका बालकमा कोरोना संक्रमण देखियो । ती बालकको घर कालिमाटीमा रहेछ । ती बालकका आमाबुबा कुरियरको काम गर्नुहुँदो रहेछ । तर बुबाआमा कहाँ-कहाँ आउजाउ गर्नुभयो त्यसको कन्ट्याक्ट ट्रेसिङ् र अन्य उपायहरु जस्तै मोबाइलबाट गरिने ट्रेसिङ् गर्ने कार्य गरिएको थियो । आमा बुबा कहीँ न कहीँ कोहीको सम्पर्कमा आएर नै बालकमा कोरोना सरेको देखिन्छ । हालसम्म ३ देखि ४ प्रतिशत व्यक्तिहरुमा विदेशबाट नगएका व्यक्तिहरुमा कोरोना देखिएको छ । 
 
काठमाडौंको ढलमा देखिएको कोरोनापछि जनजीवन अलि बढी त्रसित भएको छ, सरकारले के भन्छ यसमा ?

कोरोना भाइरस त दिसामा समेत देखिन्छ । ढलमा देखिएको कोरोनाले रोग सार्ने/नसार्ने पनि थाहा भइसकेको छैन । त्यो ढलमा देखिएको भाइरस अहिले मानिसमा देखिएको भाइरस होकि होइन ।  नेपालमा त जनावरमा पनि कोरोना भाइरस देखिएको छ । 

कुकुरमा पनि कोरोनाभाइरस देखिएको छ । थप अध्ययन र अनुसन्धान गर्न आवश्यक छ । नेदरल्यान्ड अन्य विभिन्न देशहरुमा ढलमा कोरोनाभाइरस देखिएको विभिन्न अध्ययनहरुले देखाएको छ  । ढलमा कोरोना देखिँदैमा समुदायमै गएको भन्‍न मिल्दैन । तर हामी  सतर्क भने हुनुपर्छ । ढलमा अन्य विभिन्न रोगहरु टाइफाइडलगायतका व्याक्टेरिया समेत रहेका हुन्छन् ।  

संक्रमितको संख्या कम हुँदा कठोर लकडाउन थियो तर अहिले अत्यधिक मात्रामा संक्रमित बढ्दै जाँदा लकडाउन खकुलो पारिएको अवस्था छ, जनस्वास्थ्यको हिसाबले यसलाई कसरी हेर्नुभएको छ ?

लकडाउन खुकुलो बनाएर संक्रमित बढेका होइनन् । परीक्षण गरेर संक्रमित बढेका हुन् ।  क्वारेन्टिनमा बसेका व्यक्तिहरु पनि आफैं पैसा तिरेर परीक्षण गरिरहेका छन् । 

तर ति व्यक्तिहरु ( पोजेटिभ देखिएका व्यक्ति ) अस्पतालसम्म कसरी गएका छन् ।  जस्तै  निजी गाडीमा गएका छन्, कि हिँडेर गए कि अथवार परीक्षण गर्न जाँदा बाटोमा चिया पिएर गए कि भन्‍न बाटोमा भेटेका व्यक्तिहरुमा संक्रमण भयो भने समुदायमा पो जान्छ कि भन्ने हामीलाई चिन्ता छ ।  

लक्षणविहीन कोरोना संक्रमितबाट अन्य व्यक्तिमा  कोरोना सर्ने सम्भावना कत्तिको छ ?

कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा  सर्न स्वासप्रश्वासको माध्यमबाट सर्ने  हो । कोरोना संक्रमितमा भाइरस बढी देखिने भनेको ५ देखि १० दिनमा हो ।  तर यदि कोरोना संक्रमण देखिएका व्यक्तिहरुमा लक्षण छैनन् भने त्यसमा रोग सार्न सक्ने क्षमता हुँदैन् । ती व्यक्तिमा १४ दिनपछि भाइरस आफैं निष्क्रिय भएर जान्छ । कुल नेपालमा कोरोना संक्रमण देखिएका १ प्रतिशतमा मात्र लक्षण देखिएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्युदर अन्य मुलुकको तुलनामा कम हो ?  

नेपालमा ९२ प्रतिशत युवामा कोरोना देखिएको छ । जसमा १६ देखि ३४ वर्ष उमेर समूहका रहेका छन् । ती युवाहरुमा विदेशबाट आउँदा कोरोना लागेको देखिन्छ । जसमा धेरै जसो पुरुषमा कोरोना रहेको छ । युवामा यो रोग अन्य सामान्य रोग जस्तो हो । रोगसँग लड्ने क्षमता पनि हो कि । अर्को नेपालमा आउँदा यो भाइरस कमजोर भएको  वा हाम्रो पराम्परागत खानपिन राम्रै पो हो कि जस्तो लाग्छ ।

नेपालमा कोराना भाइरसको पिक टाइम कहिले हो ? सरकारको अनुमान के छ ?

नेपालमा कोरोना संक्रमित ३५ देखि ४० हजार पुग्‍ने अनुमान गरेका थियौं । क्वारेन्टिनमा पनि विदेशबाट आएका व्यक्ति दुई लाखसम्म थिए । त्यो समयमा कोरोना संक्रमितहरु बढेका थिए । तर अहिले क्वारेन्टिनमा बस्नेको संख्या पनि घटेको छ संक्रमितको संख्या पनि घटेको देखिन्छ । 

अर्को पीसीआर परीक्षणले मानिसमा शतप्रतिशत नतिजा दिन्छ भन्ने छ । तर पीसीआरले ६२ देखि ७० प्रतिशत मात्र नतिजा दिने गर्छ । पीसीआर नेगेटिभ देखिनेबित्तिकै कोरोना नलाग्‍ने भन्ने छैन ।  पुन: कोरोना देखिन पनि सक्छ । त्यसकारण क्वारेन्टिनबाट घर गइसकेपछि दुईसाताको बीचको समयमा कतिको रोग सार्छन् त । 

अर्को,नेशनल टेस्टिङ गाइडलाइनमा पनि लक्षण नदेखिएकालाई १४ दिन क्वारेन्टिनमा बसेकाहरु पीसीआर नै नगरी पनि पठाएको छ । कति भागेर  पनि गएका छन् ।  तर अब कोरोना संक्रमितको ग्राफ बढेर जटिल समस्या आउलाजस्तो लाग्दैन ।  पछिल्लो केही दिन यता कोरोनाको ग्राफ घट्दो क्रममा गएको छ । 

कन्ट्याक्ट ट्रेसिङको कार्य प्रभावकारी भएन भन्‍ने छ नि ?

कन्ट्याक्ट ट्रेसिङ्लाई मानिसहरुले स्वाब लिएको व्यक्तिमा मात्र भयो तर स्वाब नलिएका व्यक्तिमा कन्ट्याक्ट ट्रेसिङ भएन भन्ने बुझेको देखिन्छ । कोरोना संक्रमित खोज्‍ने र कन्ट्याक्ट ट्रेसिङ गर्ने काम गर्दै आएको छ ।  कोरोना संक्रमित देखिएकाको डाटा यस महाशाखामा आउँछ । 

हालसम्म कोरोना संक्रमित १६ हजार नाघेको छ तर कन्ट्याक ट्रेसिङ गर्ने कर्मचारीको संख्या २० जना छन् । २० जना कर्मचारीले कन्ट्याक्ट ट्रेसिङ गर्नुभनेको सोच्‍नै नसक्ने कार्य हो । तर हामी तालिम दिने र कन्ट्याक्ट ट्रेसिङ गर्न गर्नका लागि एक हजार ७५ जनाको टिम गठन गरेका छौं । काठमाडौ उपत्यका बढी जनघनत्व छ । यहाँको कोरोना संक्रमितलाई महानगरपालिका , नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरेर तुरुन्तै खोजेर अस्पताल लैजाने गरेका छौं, थप  कन्ट्याक्ट ट्रेसिङ समेत गर्ने गरेका छौं ।

प्रदेशमा र स्थानीय तहमा आफैं गनुपर्ने छ । काठमाडौबाट गएर अन्य जिल्लामा गएर कन्ट्याक्ट ट्रेसिङ गर्न सकिँदैन ।  

सरकारले अहिले पनि प्रभावकारीरुपमा पीसीआर परीक्षण गर्न सकेन भन्छन् नि !

पीसीआर परीक्षणको बारेमा हामीले बुझाउन नसकेकोजस्तो लाग्छ । पीसीआर परीक्षण गर्न तालिम प्राप्त हुनुपर्छ ।  पीसीआर परीक्षणका लागि स्वाब कसरी लिएको छ, नाक,  मुख र फोक्सोबाट नै त्यसमा पनि फरक पर्छ ।  स्वाब लिने मानिसमा पनि तालिम हुनुपर्‍यो । प्रयोगशालाहरु व्यवस्थित हुनुपर्छ । पीसीआर परीक्षणका विभिन्न प्रकारका रिएजेन्ट आएका छन् ।  त्यसको  गुणस्तर पनि हेर्नुपर्ने हुन्छ ।

उपत्यकाबासीले कसरी सर्तकता अपनाउने ?

काठमाडौं उपत्यकामा जनघनत्व बढी छ । यदि कोरोना भाइरस समुदायमा फैलिएमा नियन्त्रणमा आउन गाह्रो हुन्छ । कोरोनाबाट सरकारले मात्र होइन कि व्यक्तिहरुले पनि सर्तकता अपनाउनु पर्ने देखिन्छ । हामीमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर हेल्चेक्र्याइँ गरेको देखिन्छ । कोरोना भाइरसबाट बच्‍न अत्यआवश्यक कामबाहेक घर बाहिर नजाने, विनाकारण भीडभाडमा नजाने , पटक-पटक हात धुने तर हात नमिलाउने, दूरी कायम गर्ने र अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ । 

तस्बिर : सुनिल प्रधान

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २४, २०७७  ०९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC