site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
केपी ओलीप्रति वामदेव गौतमको आक्रोश– तपाईंको गोटी कति बन्नु !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीले आफूलाई फगत गोटीका रूपमा उपयोग गरेको भन्दै आक्रोशित भएका छन् । स्थायी कमिटीको बैठकमा बोल्दै उपाध्यक्ष गौतमले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनदेखिको स्मरण गर्दै ओलीले फगत उपेक्षा गरेको भन्दै दुःखमनाउ गरेका थिए ।

“तपार्ईंलाई मैले सङ्कटको बेलामा साथ दिँदै आएको छु । मैले साथ नदिएको भए तपाईंले जित्नुहुन्नथ्यो । नवौं महाधिवेशन, संसदीय दल कतै पनि जित्नुहुन्नथ्यो, ” बैठकमा वामदेव गौतमले भनेको कुरा एक स्थायी कमिटी सदस्यले उद्धृत गरे, “तपाईं र मेरो बीचमा नवौं महाधिवेशनमा के सहमति भएको थियो । तर तपाईंले बिर्सनुभयो ।”

प्रधानमन्त्री ओलीले डोल्पाबाट उपनिर्वाचन लड्न हौस्याएर बदनाम गर्ने काम गरेको पनि स्मरण गरेका थिए । “डोल्पामा उठ्ने मेरो कुनै मनशाय थिएन । तपार्ईंले उठ् भन्नुभयो । तर, पछि त्यसैलाई इस्यु बनाउनुभयो,” उनले भनेका थिए, “रामवीर मानन्धरको क्षेत्रमा उठ्न पनि खोजेको थिइनँ । त्यसलाई तपाईंले ठूलो हतियार बनाउनुभयो ।”

वामदेवले ओलीलाई मित्र भएको तर नेता मान्न नसक्ने बताएका थिए । ओलीले पटकपटक धोका दिएको विश्वासघात गरेको भन्दै चरम आक्रोश पोखेका थिए ।  “पार्टीमा मिल्न सकिँदैन भने कि त एमाले माओवादी केन्द्र हुनुपर्‍यो, कि मिल्न प्रधानमन्त्रीले बाटो खोलिदिनुपर्‍यो,” उनले भनेका थिए ।

प्रधानमन्त्री ओलीको आइतबारको अभिव्यक्तिले नैतिक सङ्कट परेको बताएका थिए । “अब प्रधानमन्त्री र पार्टी अध्यक्ष रहिरहन सक्नुहुन्न । अब फेरि मलाई प्रधानमन्त्री बनाउँछु भनेर गोटी नबनाउनुस्,” उनले आक्रोशित हुँदै भने, “प्रधानमन्त्री बनाउने नै हो भने पहिले राजीनामा दिनुस् । बनाउने प्रक्रियामा मलाई सघाउनुस् ।”

वामदेवले ओलीले पार्टी विभाजन गर्न केही केटाहरूलाई लगाएर पार्टी दर्ता गर्न उक्साएको आरोप लगाएका थिए ।  “मसँग सबै सूचना छन् । त्यसमा प्रधानमन्त्रीको प्रत्यक्ष हात छ । आवश्यक परे प्रमाण  दिन सक्छु,” उनले भनेका थिए ।

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  २०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro