site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्वेच्छाचारी बन्नुभो, दुवै पदबाट राजीनामा दिनूस् : नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा दिन सुझाव दिएका छन् ।

आजको स्थायी कमिटीमा बोल्दै नेता नेपालले पहिलोपल्ट मुख फोरेर राजीनामा दिन भनेका हुन् ।

“विधि, पद्धति अनुसार पार्टीमा मापदण्ड बनाएर चल्ने काम भएन । केपी ओलीले प्रधानमन्त्रीका रूपमा पनि र पार्टी अध्यक्षका रूपमा पनि विधि, पद्धतिअनुसार चल्न सक्नुभएन,” नेता नेपालले बैठकमा दृढतापूर्वक आफ्ना कुरा राखेका थिए, “तपाईं स्वेच्छाचारी ढङ्गले चल्नुभयो । अरू नेताहरूको योग्यता, क्षमतलाई पटक्कै कदर गर्नुभएन ।”

प्रधानमन्त्री ओलीको दम्भ, अहमताले सीमा नाघेको पनि बताएको स्रोतको दाबी छ । उनी निकट स्थायी कमिटी सदस्यले बाह्रखरीसँग भने, “माधव नेपाल आक्रोशित रूपमा प्रस्तुत हुनुभएको थियो ।”

माधव नेपालले राजीनामा शब्द उच्चारण नगरे पनि तपाईंले सक्नुहुन्न भन्दै बाटो प्रशस्त गर्न सुझाएका थिए ।

“तपाईंको पछिल्लो अभिव्यक्तिले यो जिम्मेवारीमा रहन मिल्दैन । जे बोल्नुभयो, परराष्ट्र सम्बन्ध, कूटनीतिक मर्यादाका हिसाबले पनि बोल्न मिल्दैन । नबोल्ने कुरा बोलिसकेपछि प्रधानमन्त्री र पार्टी अध्यक्षको जिम्मेवारीमा कायम रहन मिल्दैन,” उनले भनेका थिए ।

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  २०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro