site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन ! कसले दिएको भन्दै प्रधानमन्त्रीसँग जवाफ माग 

काठमाडौं । निर्वाचन आयोगमा दुई दिनअघि नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन परेको छ ।

झापा निवासी सन्ध्या तिवारीले नेकपा एमाले भन्ने दल दर्ता गरिपाऊँ भनी निवेदन दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसँग यसबारेमा सरकारलाई के जानकारी छ ? भन्दै केही सदस्यहरुले जवाफ माग गरेका थिए । प्रधानमन्त्रीले आफूलाई त्यसबारेमा कुनै जानकारी नभएको जवाफ दिएका थिए ।

“प्रधानमन्त्रीले मेरो पार्टी नेकपा हो, मलाई त्यसबारेमा केही जानकारी छैन भन्नुभयो,” स्थायी कमिटी सदस्य तथा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक पत्रकारहरुसँग भने । मंगलबारको बैठकमा प्रधानमन्त्रीले सरकार ढलाउन लागेको भनी दिएको अभिव्यक्ति र नेकपा एमाले दल दर्ताका विषयमा छलफल भएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro