site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेकपा बैठकमा चर्काचर्की, शीर्ष नेताहरुले प्रधानमन्त्रीलाई भने– अब तपाईं हट्नूस् 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी सचिवालय बैठक मंगलबार खास एजेन्डामा प्रवेश नगरी प्रधानमन्त्रीको राजीनामा केन्द्रित भएको छ । बैठक सुरु भएलगत्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने माग गरेका थिए ।

“अब तपाइँ हट्नुस्,” नेकपाका अध्यक्ष दाहालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “सरकारले डेलिभरी दिन सकेन । अब सरकारमा बस्नुको औचित्य छैन । पहिला पनि मैले राजीनामा मागेको हुँ, अहिले पनि भन्छु अब तपाइँ प्रधानमन्त्रीबाट हट्नुस् ।”

दाहाललाई नेताहरु नेपाल, खनाल र गौतमले साथ दिएका थिए । त्यसलगत्तै बोलेका नेताहरुले प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने माग गरेका थिए । “हामीले नै तपाइँलाई हटाउन खोजेको हो,” शीर्ष नेताहरुको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “अहिले दूतावासले हटाउन खोज्यो भन्नुको कुनै अर्थ छैन । सरकारले काम गर्न सकेन । प्रधानमन्त्रीले काम गर्न सक्नुभएन ।”

प्रधानमन्त्री ओलीले नेताहरुलाई जवाफ दिने क्रममा स्थायी कमिटीमा उठेका विषयहरु जस्ताको त्यस्तै दिल्लीका मिडियामा आएको भन्दै नेताहरुको आलोचना गरेका थिए ।

बैठकमा स्थायी कमिटी सदस्यद्वय अष्टलक्ष्मी शाक्य र रघुजी पन्तले स्थायी कमिटीको बैठकमा नेताहरुका लागि किन विशेष कुर्सीको व्यवस्था ? भन्दै विरोध जनाएका थिए ।  त्यसलगत्तै माथिल्लो लहरमा राखिएका कुसी तल झारिएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro