site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना, लकडाउन र विद्यालय

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस संक्रमणको महामारी अझ केही समय रहने बताएको छ । यससँगै कतिपय मुलुकले संक्रमणले भन्दापनि बन्दाबन्दी (लकडाउन)का कारण मानिसहरु भोकले मर्ने, अर्थतन्त्र धरापमा पर्ने भन्दै लकडाउन खुकुलो पारेर आर्थिक गतिविधि सञ्चालन गर्न थालिएको छ । 

नेपालमा चैत्र ११ गतेबाट सुरु भएको लकडाउन जेठ ३२ गते सम्म लम्याइएको छ । जनजीवन कष्टकर बनेकाले लकडाउन खुकुलो पारेर सुरक्षित हुँदै दैनिक कार्यमा फर्किन पाउनुपर्ने माग पनि भइरहेको छ । संक्रमणपश्चात निको भएर घर फर्किएका मानिसको संख्या हेर्दा यो स्वाभाविक पनि देखिन्छ । विश्वभरमा कोरोना संक्रमणका कारण जति मान्छेको मृत्यु भयो त्यसभन्दा धेरै अन्य रोगका कारण मरेको तथ्याङ्क पनि आइरहेको छ । अतः लकडाउन खोल्दै सुरक्षित साथ अगाडि बढ्नुको विकल्प देखिँदैन । 

अहिलेसम्मको विवरण हेर्दा नेपालभित्रै रहेका नेपालीभन्दा भारतबाट आएर क्वारेन्टिनमा राखिएकाहरुमा कोरोना संक्रमण बढी देखिएको छ । यसैले भारतबाट वा अन्य देशबाट आउन चाहने नेपालीलाई सरकारको प्रत्यक्ष निगरानीमा नेपाल ल्याएर क्वारेन्टिनमा राखी परीक्षण पश्चातमात्र घर वा उपचार पठाउनु पर्ने देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अन्य क्षेत्रमा लकडाउन खुकुलो बनाए पनि सार्वजनिक यातायात, होटल र विद्यालय अझै केही समय बन्द रहने निश्चितै छ । अतः लकडाउन खुलेपछि पनि विद्यालयलाई कसरी सुरक्षित साथ सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा बहस र छलफल हुनु जरुरी छ । 

विद्यालय अत्यन्तै संवेदनशील क्षेत्र हो । भिडभाड हुने भएकाले विद्यालय सञ्चालनमा अत्यन्तै संवेदनशील हुनु जरुरी हुन्छ । अर्कातिर चाँडोभन्दा चाँडो सुरक्षित साथ विद्यालय संचालन गर्नुको पाि विकल्प छैन । जतिसक्दो चाँडो विद्यालय संचालन गर्न सकिएन भने विद्यार्थीको मनोबल गिर्ने र पढ्ने बानी छुट्ने हुनसक्छ जुन भविष्यका लागि निकै घातक हुनेछ । 

Global Ime bank

नेपालजस्तो देशमा अहिले दूरशिक्षा प्रणाली पनि खासै उपयोगी देखिन्न । सहरका धेरै विद्यार्थी गाउँ गएका छन् । त्यहाँ इन्टरनेटको पहुँच छैन । ग्रामीण क्षेत्रका विद्यालयमा झन् त्यो असंभव प्रायः नै छ । नेट चलाउन वा फोन गर्नसमेत रुखको टुप्पोमा पुग्नुपर्ने दूरसंचार सेवा भएको ठाउँमा दूरशिक्षा ‘आकाशको फल’मात्र हुन्छ । अगाडि बसेर सिकाउन खोज्दा त पढ्न मन नगर्ने विद्यार्थीले मोबाइल र ल्यापपट पाएपछि पढ्लान् नै भन्ने पत्याउन पनि सकिन्न । त्यसैगरी हिजोसम्म स्मार्ट फोन वा ल्यापटप नभएको घरमा यो आर्थिकमन्दी र बन्दाबन्दीको बेलामा कहाँबाट मोबाइल र ल्यापटप खरिद गर्नु ? छोराछोरी धेरै भएको घरको हालत कस्तो होला ? के उनीहरुले दूरशिक्षाको तयारी गर्न सक्छन् त ? सक्दैनन् । यसैले दूर शिक्षाका लागि केही समय धैर्य गर्नु र सुरक्षित साथ विद्यार्थीलाई विद्यालय बोलाएर अध्ययन अध्यापन गराउनुको विकल्प देखिँदैन । 

विद्यालय सञ्चालनका लागि पालो (सिफ्ट) गरेर भिडभाड नहुने गरी विद्यार्थीलाई विद्यालयमा बोलाउनुपर्छ । बिहान ६ बजेदेखि बेलुकी ५ बजेसम्म ३ सिफ्ट गरी विद्यार्थीलाई विद्यालयमा बोलाएर पढाउनु उत्तम विकल्प हुन सक्छ । हिजोसम्म २५ देखि ३० जनासम्मको पढाइ भइरहेको कोठामा बढीमा १० जना राखेर पढाउँदा भौतिक दूरी पनि कायम हुन्छ र विद्यार्थीलाई पढाउन पनि सजिलो हुन्छ । 

यसरी विद्यालय चलाउँदा विद्यार्थीलाई गेटबाट सिधै कक्षा कोठामा पठाउनुपर्छ । बाहिर निस्किएर खेल्न, कुद्न दिनु हुँदैन । विद्यालयको एउटा बेन्चमा एकजना मात्र विद्यार्थी राख्नुपर्छ । दैनिक एक पिरियडमा ४५ मिनेटको दरले रोटेसन गरी ४ पिरियडमात्र पढाउनु पर्छ । एउटा समूह जान र अर्को समूह आउनको लागि एक घण्टाको समय व्यवस्थापन गर्नुपर्छ । अर्थात् बिहान ६ बजे कक्षा २ देखि ५ सम्मलाई बोलाउनु उपर्युक्त हुन्छ । उनीहरुलाई ९ बजेदेखी १० बजे भित्रमा बिदा गरिसक्ने र कक्षा नर्सरी देखी कक्षा एकसम्मलाई  ९ बजेदेखि १० बजेभित्रमा कक्षामा बोलाएर पढाउन सुरु गर्नुपर्छ । यस्तै १ बजेदेखि २ बजेभित्रमा उनीहरुलाई बिदा गरेर कक्षा ६ देखि १० सम्मलाई बोलाएर २ बजेदेखि ५ बजेसम्म पढाउनुपर्छ ।

विद्यार्थीले विद्यालयमा आउँदा स्तरीय मास्क  र पंजा प्रयोग गर्नु अनिवार्य हुनेछ । विद्यार्थीलाई एक अर्कालाई छोएर खेलिने खेलहरु खेल्न दिनु् हँदनैन । तर कथा, कविता, अन्ताक्षरी जस्ता खेलहरुमार्फत विद्यार्थीलाई मनोरञ्जन दिनु जरुरी हुनेछ । विद्यार्थी बिरामी भए अभिभावकले विद्यालय पठाउनु हुँदैन । कक्षामा पढाउँदा शिक्षकले विद्यार्थीलाई छुनपाउने छैनन् र अर्को शिक्षकलाई जिम्मा नलगाई कक्षा छाडेर शिक्षकले जानु हुँदैन । विद्यालयले सिफ्ट अनुसारकै रुटिन तयार पार्नु पर्नेछ । शिक्षकलाई दोहोरिने गरी विद्यालय नबोलाउनु उपर्युक्त हुनेछ । भरिसक्के स्कुल बसको प्रयोग गर्नु हँदैन । प्रयोग गर्नै पर्ने भए बसका चालक वा सहचालकले सकेसम्म विद्याथीलाई छुनु हुँदैन । उनीहरुले माक्स, पन्जा अनिवार्य प्रयोग गरेको हुनुपर्नेछ । मास्क, पन्जा प्रयोग नगरेका विद्यार्थीलाई बसमा चढाउनु हुँदैन । विद्यार्थी बोकी सकेपछि प्रत्येक पटक बसलाई घुनु वा सेनीटाइजर प्रयोग गर्नु उचित हुनेछ । विद्यालय लागिसके पछि प्रत्येक दिन कोठाहरु, शौचालयहरु कम्प्युटर ल्याब, पुस्तकालय राम्ररी सफा गरेर सञ्चालन गर्न सकेको खण्डमा विद्यालय सञ्चालन सहज र व्यवस्थित हुनसक्छ ।

निजी विद्यालयसम्बद्ध संघसंगठनले बजेटमा संस्थागत विद्यालयलाई कुनै सहयोग उपलब्ध नगराएको भन्दै ज्येष्ठ २२ गतेदेखि भर्नालगायतका प्रशासनिक कार्य सुरु गर्ने बताएका छन् । तर, यो अहिलेका लागि असान्दर्भिक नै हुनेछ । एक त अभिभावक स्वयं आर्थिकरुपले कमजोर भएका छन् । दोस्रो सामुदायिक विद्यालयहरुलाई क्वारेन्टिनका रुपमा प्रयोग गरिरहँदा निजी विद्यालय सञ्चालनको तयारी गर्नु पनि हुँदैन । एउटै देशका बालबालिकालाई विभेदको व्यवहार गर्नु हुँदैन । सरकारी र संस्थागत विद्यालय सँगसँगै खोल्नु आवश्यक छ । सरकारले पनि निजी विद्यालयलाई दिनुपर्ने सहुलियत दिनुपर्छ । भर्ना खोले पनि अभिभावकको उपस्थिति भएन भने निजी विद्यालयको भर्ना कार्यक्रम असफल हुन्छ । यो संस्थागत विद्यालयका लागि चुनौती पनि हो र यसैकारण अभिभावकको विश्वास घट्नेछ ।

अतः लकडाउन नै क्रमशः खोल्दै संक्रमणबाट जोगिने र तत्पश्चात सावधानीपूर्वक विद्यालय संचालन गर्ने वातावरण तयार गर्नु अहिलेको आवश्यकता हो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  ०७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC