बाह्रखरी
sticky  ncell
British college
British college
ब्लग प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ब्लग  ससाना सोचको विकास लीला घिमिरे
NMB Bank
NMB Bank
बाह्रखरी - मंगलबार, जेठ २०, २०७७
Laxmi Bank
Laxmi Bank

१. आफूसँग अनुभव नभएको कामका लागि म पारिश्रमिक सोध्दिन । पैसा महत्त्वपूर्ण हो तर पहिले त आफूले गर्ने कामको सामान्य ज्ञान जरुरी हुन्छ । त्यो मलाई कसैले उसको समय र पैसा खर्च गरेर सिकाउँदैछ भने मैले पनि आफ्नो समय खर्च गर्नुपर्छ । केही जानेपछि र गर्नसक्ने भएपछि भने आफ्नो सीप र क्षमताअनुसार पारिश्रमिक दाबी गर्छु । त्यसैले मैले नयाँ काम सुरु गर्दा  पारिश्रमिकका बारेमा पहिल्यै चासो राखिन । त्यसले मलाई सधैँ फाइदै पुग्यो । 

२. मोटरसाइकलमा पेट्रोल हाल्ने पैसा नभएको वा एक लिटरका लागि घन्टाैं लाइनमा बस्नुपर्ने अवस्थामा कार्यालय हिँडेरै जान्थेँ । सामाखुसीदेखि नयाँ बानेश्वर । पेट्रोलका लागि तीन घन्टा लाम लाग्नुभन्दा एक घन्टामा कपुरधारा–लाजिम्पाट–दरबारमार्ग–जमल–भद्रकाली–सिंहदरबार–मइतीघर–नयाँ बानेश्वर पुग्नु मेरो पत्रकारिता पेसा, स्वास्थ्य र पेट्रोलमा हुने खर्च सबैका लागि फाइदाजनक पनि थियो । मैले पेट्रोल खपत कम गर्दा यसले थोरै भए पनि वातावरण प्रदूषण कम र राज्यलाई आयात घटाउन सहयोग भयो । 

३. बाटोमा हिँड्दा सुन्तला छोडाएर बोक्रा सँधै खल्ती वा झोलामा हालेर कार्यालय वा घर पुगेपछि मात्रै बिनमा फाल्थेँ । 

Global bank

Agani Group

४. आरआर क्याम्पसले प्रदान गर्ने अंग्रेजी चारित्रिक प्रमाणपत्रमा एक वा दुई हिज्जेगत त्रुटि थिए । सच्याइदिनु न भनेर प्रशासनमा जाँदा अर्को आर्थिक वर्ष सुरु नभई नयाँ प्रमाणपत्र छापिँदैनन् भन्दै उल्टै म ‘ज्यादा जान्ने’ भएजस्तो महसुस गराएर ६ महिनापछि आउनु भनेर फर्काइयो । झ्यालबाहिरका अन्य विद्यार्थीले पनि मलाई ‘ज्यादा जान्ने हुँदो रैछ’ भन्ने भावमै हेरेको अझै सम्झना छ । विश्वविद्यालयमा अंग्रेजी विषयमा अध्ययन पूरा गरेको विद्यार्थीलार्ई अंग्रेजी भाषामै दिने प्रमाणपत्रको सुरुमै भएको त्रुटिले भविष्यमा अप्ठेरो पर्नसक्छ भनेर सोच्नेसम्म पनि तिनमा बुद्धि भएन । त्यसपछि म कहिल्यै सो त्रुटि सच्याउन क्याम्पस प्रशासन गइन । भाग्यवश आजसम्म त्यसले मलाइ समस्या परेको छैन । 

५. अस्ट्रेलिया आएको तीनबर्ष पछि सन् २०१६ मा नेपाल फर्किएको थिएँ । जम्मा १० दिनका लागि । त्यसबेला जैसीदेवलबाट नयाँ बजारसम्म जान ट्याक्सी खोज्दै न्यु रोडसम्म पुग्दा पनि नपाएर आजित भएको थिएँ । त्यहाँ पाएको दुःखका बारेमा सिड्नी फर्किएपछि एउटा अनलाइनमा लेखेँ । उल्टै विदेश बसेको फूर्ती लगाएको भनेर गाली खाएँ ।  

sarbottam cement

६. सिड्नीमै एक दिन एउटा पार्टीमा जानुपर्ने भो । गएर एउटा टेबलमा बसेँ । एक जना मेरो आमाकै उमेरकी महिला पनि मेरै टेबलको कुर्सीमा आएर बस्नुभयो । केही बेरसम्म पनि म नबोलेपछि उहाँले नै कुरा सुरु गर्नुभयो । उहाँको पति वीर अस्पतालको डाक्टर भएको पनि भन्नु भयो । नेपालका बारेमा कुरा सुररु गर्नुभयो । मैले नेपालमा क्षमतावान राजनीतिक नेतृव्व नभएकाले देश विकाश हुन नसकेकोे तर्क गरेँ । उहाँले मलाई संकेत गर्दै ‘तपाईँजस्ता सबै देश छोडेर भागेपछि देश कस्ले बनाउँछ त’ भन्नु भयो । मलाई नमजा लाग्यो । पछि कुरैकुरामा थाहा भयो – उहाँका पनि सबै सन्तान अमेरिका र अस्ट्रेलियामै बस्दा रहेछन् । नातिनातिना जन्मेपछि मात्रै छोराछोरीले ‘घुम्न’ बोलाएको उहाँलाई चित्त बुझेको रहेनछ । अरु सबैका बाआमा पनि नातिनातिना हेर्नकै लागि यता आएको उहाँको बुझाइ थियो । 

यी उदाहरण मैले राम्रो वा नराम्रो भन्न दिएको हैन । सबै उदाहरणका प्रतिनिधि पात्र शिक्षित नागरिकको हैसियतमा राख्न मिल्ने समूहका हुन् । सबैले शैक्षिक स्तरकै विवेक प्रयोग गर्ने हो भने समाजमा केही हदसम्म परिवर्तन ल्याउन सजिलो हुनेथियो । 

परन्तु, हामी भने आफूले गर्नुपर्ने ससाना काम नगर्ने र अरूको टीकाटिप्पणी गर्नमै पौरख ठान्छौँ । आफूलाई संसार ठान्ने र अभ्यास गर्न हैन अर्ती दिन रुचाउने हाम्रो संस्कार बनेको छ । 

अहिलेको महामारीको अवस्थामा पनि नेपालीको स्वार्थी स्वभाव छरपष्ट भएको छ । बिरामीको उपचारमा दिनरात एक गरेर लाग्नुपर्ने बेलामा कोरोना सर्ने डरले अस्पतालै बन्द गर्ने, बाटो बन्द गर्ने, एम्बुलेस नचलाउने, लाससम्म जलाउन नदिने, शव दाहगृृह बन्द गर्ने, भाडामा बस्नेलाई घर पस्न नदिने वा अनेक दुःख दिने, बाहिरकालाई राजधानी बन्द, राजधानीकालाई बाहिर बन्द । यस्तो अमानवीय सोचले हाम्रो समाजले कहिले परिवर्तनको मुख देख्न पाउला?

पढेलेखेका  र अलि अलि सम्पत्ति भएका बाआमा सबै आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि स्कूले शिक्षा सक्नासाथ विदेश पठाउन हतार गर्ने अनि देश जति बिहान बेलुका हातमुख जोड्न पनि नसक्ने गरिब, रोगी, भोका र शिथिल बेरोजगार नेपालीले बनाइ दिनुपर्ने ? 

सम्पन्न परिवारका बाबुआमाको रहरले विदेशिएका भन्दा मजस्तै देशमै इमानसाथ दुःख र संघर्ष गर्दा पनि आर्थिकरुपमा कहिल्यै स्वतन्त्र हुन नसक्ने देखेपछि बाध्यताले देश छोड्नेको संख्या कैयौं गुना धेरै छ । उनीहरुलाई अपमान गरेर देश बन्ने होइन । बरु तिनलाई फर्काएर तिनको सीप, दक्षता र ज्ञानको प्रयोगले देश विकासको प्रक्रियामा एउटा सानो ईंटा भए पनि थपिने थियो । देश बन्न पहिले ससाना राम्रा कुरा र सोचको विकास हुनु ज्यादा जरुरी हुन्छ । 
 

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, जेठ २०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्