site stats
बाह्रखरी :: Baahrakhari
विशेष
२४ घण्टामा कोरोनाले ७ हजार २२ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ हजारभन्दा धेरैको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणले ७ हजार २२ जनाको ज्यान गएको छ । 

७ हजार २२ जनामा सबैभन्दा धेरै अमेरिकी नागरिक छन् । अमेरिकामा मात्रै २ हजार ७८२ जनाको ज्यान गएको छ । यस्तै पछिल्लो २४ घण्टामा बेलायतमा ८२८, इटलीमा ५३४, फ्रान्समा ५३१, स्पेनमा ४३० तथा जर्मनीमा २२४ को ज्यान गएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अहिलेसम्म विश्वभर कोरोनाका कारण १ लाख ७७ हजार ४१९ जनाको ज्यान गइसकेको छ । 

नेपालमा भने कोरोनाका कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन । जम्मा ४२ जनामा संक्रमण देखिएको छ । यसमध्ये ४ जना निको भएर घर फर्किसकेका र बाँकीको उपचार भइरहेको तथा अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  ०६:१०
प्रतिक्रिया दिनुहोस्