site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हेल्प नेपालद्वारा चिकित्सक संघलाई पाँच लाख सहयोग
Sarbottam CementSarbottam Cement

काठमाडौं । हेल्प नेपाल नेटवर्कले कोरोनाभाइरस (कोविड–१९) रोकथामका आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि नेपाल मेडिकल एसोसिएसनलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेतले शुक्रबार नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरे । 

हेल्प नेपालका अध्यक्ष बस्नेतले कोरोनाभाइरस (कोविड–१९) को उपचारमा खटिने स्वास्थ्यकर्मी र डाक्टरहरूले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई सेट), मास्कलगायतका स्वास्थ्य सामग्रीको अभाव भएको समाचार सार्वजनिक भएपछि नेपाल चिकित्सक संघमार्फत् डाक्टर र स्वास्थ्यकर्मीले प्रयोग गर्ने स्वास्थ्य सामग्री खरिद गर्न सहयोग गरेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

कारोना भाइरसको उपचार गर्ने डाक्टर र स्वास्थ्यकर्मीको मनोबल उच्च हुनु पर्ने भन्दै अध्यक्ष बस्नेतले त्यसका लागि निजी क्षेत्र र संघ संस्थाबाट पनि स्वास्थ्यकर्मीलाई सहयोग होस् भनेरै हेल्प नेपालले सानो सहयोग गरेको बताए ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले कोरोना संक्रमण (कोविड–१९) सँग डाक्टर तथा स्वास्थ्यकर्मीहरू फ्रन्टलाइनमा उभिएर लडिरहेको उल्लेख गर्दै उनीहरूको मनोबल उच्च राख्न स्वास्थ्य सुरक्षामा प्रर्याप्त ध्यान दिनुपर्ने बताए ।

Global Ime bank

अभाव हुँदा हुँदै पनि स्वास्थ्यकर्मीहरूले राम्रो सेवा दिइरहेको उल्लेख गर्दै डा. कार्कीले स्वास्थ्यकर्मीले लगाउने पीपीई सेट,  एन–९५ मास्कको अभाव भइरहको बताए । स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र सुरक्षाको प्रत्याभूति हुन स्वास्थ्य सामग्रीको अभाव हुन नहुने उनले बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  २०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !