site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वास्थ्य जाँच नगरी गाउँ प्रवेश गरे २५ हजार जरिवाना
Sarbottam CementSarbottam Cement

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा ३ को खगालगाउँमा स्वास्थ्य परीक्षण नगरी प्रवेश गरेमा जो कोहीलाई २५ हजार रुपैयाँ जरिवाना गरिने भएको छ ।

कोरोना भाइरस संक्रमणविरुद्ध सचेत भएर सजगता अपनाउन र कोही संक्रमित व्यक्ति गाउँमा नआओस् भनेर नाम्खा ३ वडा कार्यालयले गाउँबासीलाई कोरोनाको संक्रमणबाट जोगाउन सो नियम बनाएको वडाध्यक्ष छेपाल लामाको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वडा ३ कार्यालयले गाउँवासी होस् वा बाह्य निवासी जो भए पनि स्वास्थ्य परीक्षण नगरी गाउँ प्रवेश गरेको पाइएमा २५ रुपैयाँ जरिवाना र जो जति परिवार छन् सबैलाई क्‍वारेन्टाइनमा बस्न लगाइने निर्णय भएको वडाध्यक्ष लामाको भनाइ छ । वडा ३ खगालगाउँमा बुधबारदेखि कुनै पनि नयाँ व्यक्तिलाई प्रवेश निषेध गरिएको छ । 

जिल्ला भित्रिएका ६८८ मध्ये २१ क्‍वारेन्टाइनमा 
जिल्ला बाहिर भारत वा काठमाडौँलगायत विभिन्‍न सहरबाट आएर बाँके, सुर्खेत, जुम्ला, मुगु हुँदै हुम्ला पुगेका स्थानीय क्‍वारेन्टाइनमा बस्नै मान्दैनन् । हुम्ला जिल्लाभरि एक सय तीन शय्याको क्‍वारेन्टाइन निर्माण गरिएको छ । यहाँको स्थानीय सरकार  र स्थानीय प्रशासनले कोभिड –१९ को जोखिम बढ्दै गएपछि जिल्ला बाहिरबाट आएका सर्वसाधारण राख्‍नलाई जिल्लाका सातवटै गाउँपालिकामा क्‍वारेन्टाइन निर्माण गरिएको छ । 

Global Ime bank

जिल्लाको सदरमुकाम सिमकोटमा रहेको ३० शय्याको क्‍वारेन्टाइनमा अहिले जिल्ला बाहिरबाट आएका १० र उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङ्गमा रहेको क्‍वारेन्टाइनमा ११ शय्या रहेकामा  ११ जना नै बसेको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् । -रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !