site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोनाविरुद्ध लड्‍न ५० लाख जनताका लागि तीन भेन्टिलेटर
Sarbottam CementSarbottam Cement

बंगुल । अफ्रिकन मुलुक सेन्ट्रल अफ्रिकन रिपब्लिकका नोभेल कोरोना भाइरसविरुद्ध लड्‍न ५० लाख जनताका लागि तीन भेन्टिलेटरमात्र छन् । 

नर्वेजियन शरणार्थी परिषद्‌ले मंगलबार एक विज्ञप्ति जारी गर्दै मुलुकमा कोरोनाविरुद्ध लड्‍नका लागि तीनवटा मात्रै भेन्टिलेटर भएकोले निकै कठिने हुने बताइएको छ । "५० लाख जनताका लागि तीनवटा मात्र भेन्टिलेटर हुनु भनेको मुलुक विपत्तीमा पर्नु हो," शरणार्थी परिषद्का निर्देशक डेभिड माननले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

"सेन्ट्रल अफ्रिकन रिपब्लिकमा कोरोनाले भाइरसले निकै ठूलो संकट निम्त्याउने सम्भावना छ । त्यसकारण मुलुकले पहिले पूर्वसावधानी अपनाउनु निकै आवश्यक छ ।" सेन्ट्रल अफ्रिकन रिपब्लिकमा हालसम्म ६ जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरु बाहिबाट आएका मानिसहरु रहेको बताइएको छ । तर, परीक्षण अभावका कारण अधिकांश संक्रमितहरु पुष्टि हुन नसकेको बताइएको छ । 

"विश्वका विकसित र हजारौं भेन्टिलेटर भएका मुलुकहरु कोरोनाका कारण कहरमा छन् भने गरिब मुलुक जस्तै सेन्ट्रल अफ्रिकन रिपब्लिकले कोरोनाको सामना कसरी गर्ला ?," म्याननले जारी गरेको विज्ञप्तिमा भनिएको छ । - सीएनएन

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !