site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
फेसबुकमा ग्रुप कल गर्नेको सङ्ख्या एकहजार प्रतिशतले बढ्यो 
Sarbottam CementSarbottam Cement

बीबीसी । फेसबुमा ग्रुप कल गर्नेको सङ्ख्या उल्लेखनीय रुपमा वृद्धि भएको कम्पनीले जनाएको छ । कोरोना प्रकोप यता विश्वभर विभिन्न देशहरु लकडाउनमा रहेका बेला आफन्त र साथीहरुसँग सम्पर्कमा रहने सबैभन्दा सजिलो माध्यम बनेको फेसबुकको प्रयोग गत महिना मात्र इटलीमा १ हजार प्रतिशतले बढेको बताइएको छ । 

इटलीलगायत सबैभन्दा बढी प्रभावित मुलुकमा यसका कारणले म्यासेजिङ ट्राफिक समेत ५० प्रतिशतले वृद्धि भएको फेसबुकले जनाएको छ । अन्य सामाजिक संजाल इन्स्टाग्राम र वाट्सएप पनि फेसबुक कम्पनीकै हुन् । तर यसरी आफ्ना एपहरुको प्रयोग बढिरहेपनि यसले कम्पनीलाई ग्लोबल डिजिटल विज्ञापनको गिरावटबाट भने जोगाउन नसक्ने फेसबुकले बताएको छ । मंगलबर आफ्नो एक आधिकारिक पोस्टमा लेख्दै फेसबुकले आफ्ना धेरै सेवाहरु मौद्रीकिकरण नगरिएकाले यस्तो हुने बताएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

यसरी भाइरसका कारण ६ हजार बढी मृत्यु भइसकेको इटलीमा मान्छेहरुले फेसबुकका एपमा बिताउने समय ७० प्रतिशतले बढेको बताइएको छ । अचानक प्रयोगकर्ताहरुको सङ्ख्या ठूलो स्तरमा वृद्धि भएपछि फेसबुकले ट्राफिक क्षमतामा सुधार ल्याइरहेको छ । लकडाउनका समयमा घरभित्र बसेका सम्पूर्णले अहिले मनोरञ्जन र सामाजिक अन्र्तक्रियाका लागि फेसबुक नै प्रयोग गरिरहेका छन् । यस्तोमा आफ्नो सिस्टम प्रभावकारी बनाउन फेसबुकले सक्दो प्रयास गरिरहेको एलेक्स स्कल्जले बताएका हुन् । 

तर यससँगै दिनप्रति दिन सो स्थिरता कायम राख्नमा आफूहरुलाई कठिनाइ भएको पनि फेसबुकले स्वीकार गरेको छ । अधिकांश कर्मचारीहरु घरबाटै बसेर काम गरिरहेको हुँदा आफूहरुका लागि समेत यो समय धेरै चुनौतिमय भएको कम्पनीले बताएको हो । यसबीच दिनुहँ आफूहरुले प्रयोगकर्ताको सङ्ख्या र तिनले यसमा बिताउने समय ठूलो स्तरमा बढिरहेको पहिलोपटक अनुभव भइरहेको पनि फेसबुकले जनाएको छ ।   
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  ०६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC