
काठमाडौं । पछिल्लो वर्ष प्रत्येक महिना विदेशी विनिमय सञ्चितिमा नयाँ रेकर्ड कायम भइरहेको छ । कुल विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशतले बढेर गत वैशाखमा २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
०८१ असारमा विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो ।
यस्तै, अमेरिकी डलर सञ्चिति २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । यस्तो सञ्चिति ०८१ असार मसान्तमा १५ अर्ब २७ करोड डलर थियो ।
कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत छ । आर्थिक वर्ष २०८१/८२ को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको भनाइ छ ।
०८२ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी), कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपात क्रमशः ४१.१, १२१.४ र ३३.८ प्रतिशत छ ।