काठमाडौं । सरकारले उद्धार गरेर ल्याउने क्रममा चीनमै जाँच गर्दा ज्वरो बढेर रोकिएका ४ जना नेपाली सुरक्षित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले उद्धार गरि नेपाल ल्याउने क्रममा ज्वरो देखिएका चार जनाको अवस्था अहिले सामान्य रहेको बताएका छन् ।
उनले नेपाल आउने क्रममा चीनमा भएको स्वास्थ्य परिक्षणमा ज्वरो देखिएपछि ४ जना उतै रोकिएका थिए । उनीहरुको अवस्था हाल सामान्य रहेको चीन स्थित नेपाली दूतावासले जानकारी दिएको दाहालले बताए ।
“स्वाब (र्याल) को नमूना परीक्षणका लागि नेपाली दूतावासले प्रयोगशालामा पठाएको छ,”उनले भने “चीन स्थित नेपाली दूतावासले नै चार जना पहिला रहेकै स्थानमा सुरक्षित रुपमा राखेको छ ।”