site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश २ मा प्रादेशिक परिवहन सेवा सञ्चालन हुने
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । प्रदेश २ को सरकारले चालु आर्थिक वर्षमै प्रादेशिक परिवहन सेवा सञ्चालन गर्ने भएको छ । जनकपुरदेखि वीरगञ्ज, वीरगञ्जदेखि जनकपुर, राजविराजसम्म परिवहन सेवा सञ्चालन गर्ने योजना रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्रकुमार सोनारले प्रादेशिक परिवहन सेवा सञ्चालनका लागि पाँचवटा बसको बोलपत्र भइसकेको बताए ।  ‘‘प्रदेशको सबै कुनालाई प्रदेश एवं देश विकासको मूलधारमा ल्याउने उद्देश्यले आव २०७७ देखि २०९१ सम्मका लागि प्रादेशिक सडक सञ्जाल गुरुयोजना तथा प्राथमिकतामा आधारित लगानी योजनाको अवधारणा एवम् मस्यौदा पनि तयार गरिएको छ’’, उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

    उनका अनुसार प्रदेशका लागि प्रदेश लोकमार्गको वैज्ञानिक व्यवस्थापनका तयार गरिएको प्रादेशिक सडक सञ्जाल गुरुयोजना तथा प्राथमिकतामा आधारित लगानी योजनाअन्तर्गत सो अवधिमा प्रदेशभित्र तीन हजार ३९२ किलोमिटर सडक निर्माण हुने अवधारणा एवं मस्यौदा तयार गरिएको छ ।

 प्रदेश लोकमार्गअन्तर्गत सङ्घीय सरकारको रणनीतिक सडक सञ्जालमा नपरेका सडक, राष्ट्रिय लोकमार्गबाट जिल्ला सदरमुकाम जोडने सडक, प्रदेशभित्र एक जिल्ला सदरमुकामबाट अर्को जिल्ला सदरमुकाम जोड्ने सडक र दुई राष्ट्रिय लोकमार्ग जोडने सडक रहेको छ ।

Global Ime bank

गुरुयोजनाअन्तर्गत प्रदेश सहायक मार्गमा राष्ट्रिय वा प्रादेशिक लोकमार्गबाट स्थानीय तहको केन्द्र जोड्ने सडक, जिल्ला सदरमुकामबाट स्थानीय तह केन्द्रको जोड्ने सडक, दुई वा दुईभन्दा बढी स्थानीय तहको केन्द्र जोड्ने सडक र राष्ट्रिय लोकमार्ग वा प्रदेश लोकमार्गबाट धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वका स्थलहरू जोड्ने सडकलाई राखिएको छ ।

 अवधारणामा दुई वा दुईभन्दा बढी पालिका जोड्ने सडकलाई प्रदेशको अन्य सडक भनी वर्गीकरण गरिएको छ । प्रदेशका सबै जनताको पहुँचमा सुधार गर्नु नै सडक यातायातको प्रमुख उद्देश्य हुने भएकाले सडक प्राथमिकीकरण सो सडकको प्रभाव क्षेत्रमा रहेको जनसङ्ख्याको वितरणलाई नै आधार बनाई गरिएको छ ।

मन्त्री सोनारले अवधारणाअनुरूप सो गुरुयोजनाका लागि कूल अनुमानित ९७ अर्ब ४१ करोड लगानीको आवश्यकता पर्ने बताए । गुरुयोजनाअन्तर्गत योजना अवधिमा तीन हजार ३९२ किलोमिटर सडकमा २१६ वटा पुलको आवश्यकता पर्ने र सो कार्यमा रु १० अरब ५३ करोड लागतको अनुमान गरिएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  २०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !