site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णाली प्रदेश विकास परिषदको पहिलो बैठक बस्दै
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

सुर्खेत । कर्णाली प्रदेश विकास परिषदको पहिलो बैठक माघ १० गते बस्ने भएको छ । कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश २०७५ को दफा ७ को प्रावधानबमोजिम गठित प्रदेश विकास परिषदको बैठक पहिलोपटक बस्न लागेको हो । 

परिषद् अध्यक्ष मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बस्ने बैठकमा प्रदेश योजना आयोगले तयार गरेको कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योेजनाको मस्यौदाबारे सदस्यहरूको सुझाव तथा मार्गदर्शन लिइने योजना आयोगका सदस्य दीपेन्द्र रोकायाले जानकारी दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रदेशको विकास र समृद्धिको मार्गचित्रका रूपमा योजना आयोगले तयार गरेको प्रथम पञ्चवर्षीय योजना (आ.व.०७६/७७–०८०/८१) मस्यौदामा १० परिच्छेद छन् । पञ्चवर्षीय योजनाको मस्यौदामा स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधि, विज्ञ एवं सरोकारवालाहरूको सुझाव लिएर स्वीकृतिका लागि प्रदेश सरकारलाई पेस गरिनेछ । 

मुख्यमन्त्री शाही अध्यक्ष रहेको प्रदेश विकास परिषदका पदाधिकारीहरूमा सहअध्यक्ष आर्थिक मामिला तथा योजनामन्त्री र सदस्यहरूमा प्रदेश सरकारका विभागीय मन्त्रीहरू, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता, प्रदेश सभाका समिति अध्यक्षहरू, प्रदेश योजना आयोगका सदस्यहरू, जिल्ला समन्वय समिति प्रमुखहरू, नगरपालिकाका प्रमुखहरू, गाउँपालिकाका अध्यक्षहरू, प्रदेश सरकारद्वारा मनोनित ५ सदस्य, प्रदेश सरकारका सचिवहरू रहने व्यवस्था गरिएको छ । 

Royal Enfield Island Ad

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य–सचिव रहेको विकास परिषदमा कर्णाली प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्याएका ५ जनालाई सदस्यमा मनोनयन गरेको छ । परिषद् सदस्यहरूमा राधिका बुढ्थापा (जुम्ला), उषा लामा (हुम्ला), चन्द्रा अधिकारी (जाजरकोट) मध्यपश्चिमाञ्चल विश्वविद्यालयकी एसोसिएट प्रोफेसर यशोदा थापा र उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीलाई सरकारले मनोनयन गरेको हो । 

माघ १० गते बिहान ८ बजेदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा हुने बैठकको सबै तयारी पूरा भएको छ । बैठकमा परिषदका १ सय २० पदाधिकारी तथा ११ विज्ञ एवं आमन्त्रित सदस्यहरूको सहभागिता रहनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro