site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सामाजिक सुरक्षा कोष : खाईपाई आएको सुविधा घट्छ भन्नु भ्रम कि यथार्थ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामाजिक सुरक्षा कोषका बारेमा जानकारहरूले छलफल गरेका छन् । कोषबारे देखिएका भ्रम र वास्तविकताबारे मंगलबार आयोजिक कार्यक्रममा कोष प्रमुख, संसद, कानुनविद् तथा बैंकरहरू आफ्नो बुझाइ प्रस्तुत गरे ।

कसले के भने ?
रामनारायण बिडारी, राष्ट्रिय सभा सदस्य

सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि खाईपाई आएको सुविधा घट्छ भन्नु भ्रम हो । सुरुवाती समयमा सबै कुराको विरोध गर्ने चलन यहाँ छ । बिस्तारै बानी पर्छ । मूल्य अभिवृद्धि करको व्यवस्थामा पनि पहिले विरोध भएकै हो । बरु, सोझै विरोध गर्दा अप्ठ्यारो पर्ने भएकाले अस्थायी वा ज्यालादार कामदारलाई अघि सारिएको छ । बरु, सुविधा घट्नेभन्दा पनि बढ्दै जाने भएकाले उमेर हद चाहिँ बढाउनुपर्छ । सामाजिक सुरक्षा कोषको कुरा सामान्य व्यक्तिका निम्ति ठीक छ । कसैलाई कुन–कुन बुँदामा संशोधन आवश्यक छ जस्तो छ, लिखित रूपमा प्राप्त गराउनुहोस् । सरकारसँग लबिङ गर्न सहयोग गर्छौं । र, संसदबाट पनि अनुमोदन गर्छौं ।

Prabhu Bank
Agni Group
NIC Asia

अनिल शर्मा, नेपाल बैकर्स संघ
सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि सेवा–सुविधा घट्छ । अर्कातर्फ निजामती र निजी क्षेत्रका कर्मचारीबीच पनि विभेद छ । यो कुरा विचार गरियोस् ।

तेजेन्द्रजंग कार्की, ट्रेड युनियन कांग्रेस
रोजगारदाता, नेपाल सरकार र ट्रेड युनियनबीच त्रिपक्षीय छलफलबाट आएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषबारे केही दुविधा देखिएका छन् । दोहोरो कर र सेवा सुविधा घट्नु केही विषयमा छलफल गरिनुपर्छ । यदि सेवा–सुविधा कटौती हुँदै जाने हो भने पाइरहेको सुविधा थाती राखेर कोषमा कोही नआउने पक्का छ । त्यसैगरी, बोनस ऐनअन्तर्गत जम्मा भएको रकम मजदुरमुखी बनाउने र मजदुरका नाममा काटिएको पैसा पारदर्शी रूपमा मजदुरकै नाममा काम नगरे भ्रम रहिरहनेछ ।

Global Ime bank

रमेश बडाल, कानुनविद्
विषयान्तर गरेर नभई समस्या समाधान गरेर सामाजिक कोषमा जानुपर्छ । कोषमा जाँदा दोहोरोे करमा परिन्छ भन्नु भ्रम हो । औसत उमेर बढेसँगै रिटायर उमेर पनि बढ्नुपर्छ । आयकरसम्बन्धी कानुनमा केही संशोधन पनि आवश्यक छ । सामाजिक सुरक्षा कोषमा गरेको योगदानमा कर लाग्नु हुँदैन । कोषले मानिसलाई धनी बनाउने होइन, अभावबीच मर्न नदिने हो ।

कपिलमणि ज्ञवाली, सामाजिक सुरक्षा कोष
सामाजिक सुरक्षा कोषबारे चाहिनेभन्दा बढी भ्रम फिँजाइएको छ । हामी विकसित परिकल्पना गर्छौं । अनावश्यक कुरा निकालेर झमेला निकालिएको छ । त्यस्ता कुराले सामाजिक सुरक्षाको व्यवहारिकतामा समर्थन गर्दैनन् । दोहोरो करको सवाल समाधान गर्न हामीले अर्थ मन्त्रालयसँग समन्वय गरेका छौं । कोषको सफल कार्यान्वयनमा अगाडि बढिरहेको सयमा धरातलीय यथार्थता रहेर आलोचना गर्न मेरो आग्रह छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC