site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन खेर जान्छ संकलन गरेको रगत ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । रगत व्यवस्थापन गतिलोसँग नहुँदा बेला–बेला अभाव हुने गरेको छ । चिकित्सकहरूले आवश्यकभन्दा बढी माग (प्रेस्किप्सन) गर्दा पनि रगत खेर जाने गरेको रक्तसञ्चारको भनाइ छ ।

रक्तसञ्चार विशेषज्ञ डा. विपिन नेपालले एक मानिसबाट लिएको रगतले तीन जनालाई काम गर्छ । तर चिकित्सहरूले तुरुन्तै दान गरेको गरेको रगत (होल्ड ब्लड) माग्दा रगत अभाव हुने गरेको बताए । एक जनाबाट लिएको होल्ड ब्लडबाट रातो रगत, प्लाज्मा र प्लेटलेट्स बनाइन्छ । 

रातो रगतलाई १ देखि ६ डिग्री सेन्टिगे्रड तापक्रमभित्र राख्नुपर्छ । प्लाज्मालाई चिसो पारेर माइनस २० डिग्रीमा राख्नुपर्छ । प्लेटलेट्सलाई २० देखि २४ डिग्री सेन्टिग्रेट कोठाको तापक्रममा राख्नुपर्ने उनले बताए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“नेपालमा करिब ८० प्रतिशत चिकित्सकले तुरुन्तै दान गरेको गरेको रगत माग्ने गरेको देखिन्छ,” उनले भने, “नेपालमा रगत व्यवस्थापन एकदमै कमजोर छ । जसले गर्दा होल्ड ब्लडबाहेक अन्य रगत एफएफपी ५० प्रतिशत र प्याटिलेट्स २८ प्रतिशत काम नलाग्ने गरेको गर्छ ।”

रक्तदानबाट संकलन गरेको रगतलाई नै राम्रोसँग व्यवस्थापन गरे रगत अभाव नहुने उनले बताए । रगतलाई कसरी सुरक्षित गराउने भन्ने विषयमा प्रयोगशालाले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार राख्नुपर्ने बताइन्छ । तर त्यो मापदण्डअनुसार कमैले मात्र रगत व्यवस्थापन गर्ने गरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाले बताइन् । रगतमा प्लाज्मा ५४.३५, रातो रक्तकोष ४५५ र सेतो रक्तकोष ०.७५ को मात्रा हुने विशेषज्ञहरू बताउँछन् ।

Royal Enfield Island Ad

संकलन भएको करिब ५० प्रतिशत रगत काठमाडौंमै माग हुने गरेको नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय रक्त सञ्चार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकार बताउँछिन् । सातै प्रदेशबाट रगत संकलन गर्ने गरिएको छ भने अस्पतालहरूमा आवश्यक पर्दा यहींबाट लैजाने गरेको उनले सुनाइन् । उनले भनिन्, “यस केन्द्रले पछिल्लो समय प्लाज्माको माग बढी आउने गरेको छ । हामीलाई आवश्यकभन्दा कम संकलन हुने गरेको छ ।”

सोसाइटीका सूचना अधिकारी सन्देश थापाले हरेक दिन ४० देखि ६० जना पीआरपीको माग हुन्छ । हरेक दिन रक्तदान नभए गाह्रो हुने बताए । उनले भने, “रक्त सञ्चार सेवाले आव ०७५/७६ मा विभिन्न एकाइ तथा केन्द्रबाट २ लाख ७१ हजार ९ सय २२ युनिट रगत संकलन गरेको थियो भने तीन लाख ४५ हजार एक सय ५१ युनिट रगत तथा रक्ततत्त्व बिरामीलाई वितरण गरेको थियो ।”

त्यस्तै, आव ०७४/७५ मा ती एकाइ तथा केन्द्रबाट २ लाख ६२ हजार ४ सय ३९ युनिट रगत संकलन गरेकामा ३ लाख ४४ हजार ९ सय ३३ युनिट रगत तथा रक्ततत्त्व बिरामीलाई उपलब्ध गराएको थियो । जुन २२ जिल्लामा जिल्लास्तरीय, ४७ जिल्लामा आकस्मिक रक्त सञ्चार सेवा र ३८ अस्पतालमा रक्तसञ्चार सेवा एकाइको स्थापना गरी सेवा दिएको थियो ।

संकलन गरेको ‘फ्रेस ब्लड’ बाट यस्तो रगत बनाइन्छ
एफएफपी कुनै मानिसले दिएको होल्ड ब्लड (नेपालीमा ताजा रगत) लिएर सेन्सिच्युट मेसिनमा राखेर विभिन्न तरिकाले घुमाइने गरिन्छ । सुरुमा विस्तारै घुमाउँदा रातो रगत तल रहने र प्लाज्मा माथि बस्छ । पुनः चाँडो–चाँडो प्लाज्मालाई घुमाइन्छ । त्यो समयमा प्लेटलेट्स तल बस्छ । प्लाज्मा वा सेतो रक्तकोषलाई निकालेर माइनस ३० डिग्री तापक्रममा फ्रिज गरेर बनाएको रगतलाई एफएफपी भनिन्छ यो रगत प्रायः खेर गएको हुन्छ ।

यसको आयु पनि ७२ घण्टाको हुन्छ । यो माग भए पनि बढी रगत बगिरहने रोगका बिरामीलाई प्रयोग गरिन्छ । हेमोफेलिया, आगोले जलेका बिरामी, शरीरमा रगतको मात्रा कम भएकालाई प्रयोग गर्छ । 

पीआरपी प्लेटलेट्स र प्लाज्मा दुवै हुन्छ । यसले राम्रोसँग काम गरेको देखिँदैन । यो विश्वमा कमै मात्र प्रयोग भएको देखिन्छ । तर नेपालमा पछिल्लो समय यसको प्रयोग बढी भएको पाइन्छ । चिकित्सकहरूले राम्रो जानकारी नहुँदा पीआरपी लेखेको देखिन्छ । यसको आयु ७२ घण्टासम्म मात्र हुन्छ । पीआरपी माग होइन । प्याटिलेटसको माग हो । क्यान्सरको उपचार गर्दा किमोथेरापी सेवा सुरु गरेपछि प्लेटलेट्सको संख्या घट्न थाल्छ । क्यान्सरको किमोथेरापी सेवा लिएका बिरामीमा सेल मार्ने क्रममा रगतका सेलहरू पनि मर्छन् । जसमा यो प्रयोग गरिन्छ ।

त्यस्तै, मुटु र एनिमियाका बिरामीलाई यो प्रयोग गरिन्छ । यो बनाउन अन्य १–२ घण्टा थप आवश्यक पर्छ । यो रातो रगत निकाल्नेबित्तिकै पीआरपी बनिहाल्ने हुन्छ । यसले करिब २० प्रतिशत मात्र काम गर्ने पाइन्छ । पछिल्लो समय मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा यो रगत बिरामीले लिन नआएर हरेक दिन जसो फाल्नुपरेको अस्पतालका एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने, “यसलाई प्लेटलेट्स बनाएको भए अन्य दुई दिन काम गर्थ्यो ।”

प्याक सेल
पछिल्लो समय प्याकसेल (रातो रगत) बढी माग हुने गरेको छ । डायलासिसका बिरामीलाई चाहिन्छ । सबै ब्लड गु्रप प्याकसेलमा हुन्छ । तर प्याक रेड सेल भनेको ह्वाइट सेल निकालेको मात्र हो । डायलासिस सेवा लिएका र कलेजोका बिरामीलाई हेमोग्लोबिनको मात्रा घटेका बिरामीमा यो रगत लगाउने गरिन्छ । यो पनि होल्ड ब्लड संकलन नगर्दा समस्या हुन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro