site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
भारतमा अप्ठेरोमा पर्दै टेलिकम कम्पनी वोडाफोन
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा पर्ने वोडाफोन—इण्डियाको दोस्रो त्रैमासिक रेकर्डमा ७४ हजार करोड रुपैयाँ घाटा भएको पाइएको छ । अर्थशास्त्री विवेक कौलका अनुसार १ अर्ब भन्दा बढी मोबाइल ग्राहक भएको भारतको बजारमा सो कम्पनीलाई घाटा हुनुका मुख्य दुई कारण छन् । 

पहिलो कारण केही वर्ष टेलिफोनको कलको मूल्य घट्दापनि यसको डेटाको मूल्य लगातार उच्च रह्यो । तर, तीनवर्ष पहिला जब रिलायन्स जियो आयो त्यसपछि सबै कुरा बदलियो । जियो आएपछि डेटाको मूल्यमा गिरावट आयो र यसले भ्वाइसको बजारलाई डेटाको बजारमा बदलिदियो । 

Prabhu Bank
Agni Group
NIC Asia

नतिजा यो आयो कि भारत डेटाको बजारमा सबैभन्दा सस्तो भयो । यसले गर्दा देशमा पहिलादेखि नै रहेका कम्पनीमा गहिरो असर पर्यो । उनीहरुलाई रिलायन्सको मूल्य अनुरुप आफ्नो योजना ल्याउनु पर्यो । यसको कारण फाइदा कम र नोक्सान बढी भयो । 

अर्को कारण एडजस्टेड ग्रास रेभिन्यु (एजीआर)को मामिला पनि हो । यसको मतलब दूरसञ्चार कम्पनीले आफ्नो कमाईको एक हिस्सा सरकारको दूरसञ्चार विभागको साथ साझा गर्नुपर्दछ ।सो कम्पनीले अहिले भारतमा धेरै कर तिर्नुपरेको गुनासो गर्दै आएको छ । यदि वोडाफोन जस्तो कम्पनीले देश छोडेर गएमा त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमा भारतको छबीलाई नै अप्ठेरो पर्न सक्ने जनाइएको छ । 

Global Ime bank

भारत सरकार र वोडाफोनका बीच गएको १० वर्षदेखि करको विषयलाई लिएर मुद्दा चलिरहेको छ । पछिल्लो समय वोडाफोनले भारतको आइडिया भन्ने कम्पनीसँग मिलेर ज्वाइन्ट भेन्चरमा काम गर्दै आएको छ । भारतीय टेलिकम बजारमा राजश्वको मामिलामा यो कम्पनीको हिस्सेदारी २९ प्रतिशत रहेको छ । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय