site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मध्यपहाडी लोकमार्ग समयमै सक्ने लक्ष्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामा रहेको मध्यपहाडी लोकमार्ग निर्माणमा विभिन्न समस्या देखिए पनि सडक निर्माण समयमा सम्पन्न गर्ने गरी अघि बढेको छ । 

गत आर्थिक वर्षमा सो लोकमार्गमा १५२ किलोमिटर सडक कालोपत्रे भएको थियो । चालू आवको पहिलो चौमासिकमा भने भैतिक प्रगति कम भएपनि ठेक्का प्रक्रिया अघि बढाउने काम भइरहेको मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख दीपक केसीले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार निर्माण सुरू भएदेखि हालसम्म ३४४ किमी सडक कालोपत्रे भइसकेको छ भने ५८१ किमी सडकका लागि ठेक्का सम्झौता भएर निर्माण भइरहेको छ । चार सय ९२ किमी सडक ठेक्का व्यवस्थापन हुन बाँकी छ । अहिलेसम्म ६८ सडक पुल सम्पन्न भएको छ भने २४ पुल निर्माणाधीन छ । उनले भने, “बाँकी रहेका ठाउँमा पनि ठेक्का सम्झौता भइरहेको छ ।”

आयोजनाअन्तर्गत झण्डै ८७९ किमी सडक नयाँ ट्र्याक खोली निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ । आयोजना स्थापना हुनुअघि निर्माण भएर सञ्चालनमा रहेका सडकहरुलाई मध्यपहाडी राजमार्गको स्तरमा स्तरोन्नतिको काम भइरहेको छ । प्रमुख केसीले भने, “हामीले पहिले सञ्चालनमा रहेका सडकलाई पनि लोकमार्गकै स्तरमा ल्याउने काम भइरहेको छ ।”

Global Ime bank

सरकारले आव २०६९-७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथमिकताका साथ अघि बढाएको हो । विसं २०६४-०६५ बाट निर्माण शुरु गरिएको मध्यपहाडी लोकमार्ग २०७८-०७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६  २०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC